सिता बि.क
प्युठान,सरुमारानी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ४९ करोड २१ लाख ७९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
गाउँपालिकाको गाउँपालिकाकाे १७ ओैं अधिवेशन दोस्रो गाउँ सभामा उपाध्यक्ष बसन्ता खड्काले बजेट प्रस्तुत गर्नुभएको हो।
गाउँपालिकाले पूर्वाधार विकास,कृषि सुधार,गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवा विस्तारलाई प्राथमिकता दिएको उपाध्यक्ष खड्काले बताउनुभयो।
पालिकाले ग्रामीण भेगमा सडक विस्तार,खानेपानी,सिंचाइ लगायतका भौतिक पूर्वाधारमा लगानी बढाउने उल्लेख गरेको छ।
साथै,कृषिमा प्रविधिमैत्री कार्यक्रम,बीउविजनको व्यवस्था तथा उत्पादन र बजारीकरणमा जोड दिइने बजेटमा उल्लेख छ।
शिक्षा क्षेत्रमा विद्यार्थीको सिकाइमा सुधार ल्याउने कार्यक्रमसहित विद्यालय पूर्वाधार सुदृढीकरण र डिजिटल शिक्षालाई प्रवर्द्धन गरिने भएको छ। स्वास्थ्य क्षेत्रमा आधारभूत सेवा पहुँचलाई अझ सुदृढ बनाउने योजना प्रस्तुत गरिएको छ ।
गाउँपालिकाले जनमुखी कार्यक्रममार्फत समावेशी विकास र सेवा प्रवाहलाई प्रभावकारी बनाउने उपाध्यक्ष खड्काले बताउनुभयो।
पालिकाले शिक्षा,स्वास्थ्य,कृषि,पूर्वाधार प्राथमिकतामा राखेको छ । शिक्षामा सामुदायिक विद्यालयको शैक्षिक एवं भौतिक पूर्वाधार तथा शिक्षण सिकाइ उपलब्धिको लागि शैक्षिक सुधारको लागि आवश्यक बजेटको प्रबन्ध गरेको उहाँले बताउनुभयो।सरुमारानीमा विभिन्न सृजनशील कार्यक्रमहरू नवप्रवर्तन कार्यक्रमका लागि यथोचित बजेट व्यवस्था गरिएको छ।
दिगो विकास लक्ष्यको कार्यान्वयन तथा दीर्घकालीन आर्थिक र सामाजिक विकास सुनिश्चित गर्न सरुमारानी गाउँपालिकाले विशेष महत्व दिएको बताइएको छ।
प्रतिक्रिया राख्नुहोस्