अपाङ्ग नागरिकसँग छलफल गर्दै सरुमारानीले मनायो ३३ औं अन्तरास्ट्रिय अपाङ्गता दिवस

अपाङ्ग नागरिकसँग छलफल गर्दै सरुमारानीले मनायो ३३ औं अन्तरास्ट्रिय अपाङ्गता दिवस

सीता बि.क
प्युठान,३३ औ अन्तराष्ट्रिय अपांगता दिवसको अवसरमा आयोजित एक कार्यक्रममा अपागंता भएका व्यक्तिहरु सङ्ग अन्तरक्रिय कार्यक्रम सम्पन्न भएको छ।मङ्गलबार गाँउपालिकामा 'समावेशी तथा दिगो भबिष्यको पुर्वाधार,अपांगता भएका ब्यक्तिहरुको प्रबल नेतृत्व यसको आधार"भन्ने नाराका साथ दिवस मनाएको हो ।
सरुमारानी गाउँपालिकाको आयोजनामा अन्तरक्रिया कार्यक्रममा वोल्ने अधिंकाश वक्ताहरुले अधिकार रहेपनि कार्यन्वयन नभएको दावि गरेका छन। कार्यक्रममा पालिका उपाध्यक्ष बसन्ता खड्काले उक्त कार्यक्रमको  व्यानर पढेर उद्घघाटन गर्नु भएको थियो। 

३३ औं अन्तरास्ट्रिय अपाङ्गता दिवसको अबसरमा अपाङ्ग नागरिकसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम पश्चात् लिएको  तस्बिर 


कार्यक्रमको उद्घाटन गर्दै उपाध्यक्ष खड्काले अपांगता भएका व्यक्तिको ईच्छा आंकक्षा बुझेर उनिहरुलाई आवश्यक सिपमुलक तालिम र प्रयोग गरिने अत्याबश्यकिय सामाग्री प्रदान गर्ने जानकारी दिनुभयो। अगामी दिनमा बजेट बिनोयोजन मार्फत सीप प्रदान गरि रोजगारी सिर्जना गरेर उनिहरुलाई आत्मनिर्भर बनाउने आफ्नो उद्देश्य रहेको बतानुभयो।
अपाङ्गता भएकाहरूको आर्थिक समृद्धि र सामाजिक पुनर्स्थापनाका लागि गाउँपालिका सदैब सहयोग र सहकार्य गर्न तत्पर रहेको उहाँको भनाई छ।
त्यस्तै कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले असहाय,अशक्त,वञ्चितीकरणमा परेका आदि वर्गलाई प्राथमिकतामा राख्नु राज्यको मूल कर्तव्य हुने बताउनुभयो ।

तस्बिर :आफ्नो भनाई राख्नुहुदै सरुमारानी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक


सरुमारानी गाउँपालिकाले प्रत्येक वर्ष नौलो र नविन कार्यक्रम गर्न रुचाउँछ ।यो वर्ष हामीले पालिका भित्र रहेका अपाङ्गहरुको भावना बुझ्न अन्तरक्रिया कार्यक्रम राखेका हौं उहाँले भन्नुभयो ।
अधिकृत पाठकले अपाङ्गता भएका नागरीकलाई शारिरीक रुपमा सामान्य नागरिक भन्दा केही दुर्वल भएपनि त्यसलाई आफ्नो अक्षमताको रुपमा नलिएर मानसिक रुपमा सवल भएर देखाउन अनुरोध पनि गर्नुभयो।
अपाङ्गता भएकाहरुले भोग्नु परेको समस्यामाथि छलफलसँगै चुनौतीको समाधान निकाल्न,अपाङ्गता सम्बन्धी जागरण फैलाउन र अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्न तर्फ सबैले पहल गर्नुपर्ने उहाँको भनाई छ।