सीता बि.क
प्यूठान,जिल्लाको सरुमारानी गाउँपालिका स्थित वडा नम्बर ६ पाङ्कोटको एउटा सिंगो गाउँ नै एमालेमय बनेको छ।
बुधबार एक समारोह बीच नेकपा (माओवादी केन्द्र) का नेता रमेशबहादुर बाठाको नेतृत्वमा २४ घरपरिवार नै एमालेमा प्रवेश गरेपछि पाङ्गकोट एमालेमय बनेको हो।पाङ्कोट बस्तीमा ३० घर रहेकोमा २४ घरको परिवार एमालेमा प्रवेश गर्नुभएको बताईएको छ।
नेकपा एमालेले गाउँवासीका समस्या सम्वोधन गरेकोले आफुहरु पार्टी प्रवेश गरेको उहाँहरुको भनाई छ।स्थानीय तह निर्वाचनमा एमालेबाट गाउँपालिका अध्यक्षमा उम्मेदवार बन्नुभएका झग बहादुर बिश्वकर्माले चुनावी प्रतिवद्धता अनुसार पाङ्गकोटको विकासमा योजना ल्याएपछि आफुहरु एमाले प्रवेश रमेशबहादुर बाठाले बताउनुभयो।
उहाँका अनुसार सडक,खानेपानी,पर्यटन,पुल लगायतका अन्य बिकासका लागि पटकपटक भनेको तर सुनुवाइ हुन सकेन त्यस्तै अब नेकपा (माओवादी केन्द्र) बाट गाउँको बिकास र समृद्धि सम्भव नहुने भन्दै जनताको पार्टी एमालेनै भएको ठहर गर्दै सिङ्गो गाउँ नै एमालेमय भएको हो ।
उहाँहरुलाई नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं सहकारी सम्बन्धी संसदीय छानविन विशेष समितिका सभापति सूर्य थापाले एमालेमा स्वागत गर्नुभएको हो।
तस्बिर :नव प्रबेशीलाई एमालेमा स्वागत गर्दै नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं सहकारी सम्बन्धी संसदीय छानविन विशेष समितिका सभापति सूर्य थापा
सो समारोहमा बोल्दै थापाले पाङ्गकोटको विकासको लागि एमालेले बोलेको कुरा पुरा गर्ने प्रतिवद्धता जनाउनु भयो।नेकपा एमाले सामाजिक एकता,शान्ति र समृदिको पक्षधर पार्टी भएकोले समाज परिवर्तन गर्दै मुलुकमै स्वरोजगार सिर्जना गर्ने र जनताको मुद्दाको सम्बोधन गर्न अग्रसर रहेको बताउनुभयो ।
प्रतिनिधि सभा सदस्य समेत रहनुभएका थापाले नव प्रवेशी बाठा सहित सम्पुर्ण नेता कार्यकर्तालाई टीका माला र अबिर लगाई स्वागत गर्नुभएको थियो । कार्यक्रममा संविधान सभा सदस्य धन बहादुर रायमाझी,प्रदेश सभा सदस्य तुल्सिराम शर्मा, सरुमारानी गाउँपालिका अध्यक्ष झक बहादुर विश्वकर्मा जिल्ला तथा पालिकाका नेताकार्यकर्ता स्थानीय लगायतको बाक्लो उपस्थिति रहेको थियो ।
प्रतिक्रिया राख्नुहोस्