राम बहादुर बिश्वकर्मा
प्युठान,गुणस्तरीय समान,मूल्यसूची र प्रयोगयोग्य अवधिका विषयमा उपभोक्ता आफैँ सचेत हुनुपर्ने आवश्यकतामाथि जोड दिइएको छ।
घरेलु तथा साना उद्योग कार्यालय प्युठानको आयोजना तथा उद्योग बाणिज्य संघ प्युठानको सहयोगमा गुणस्तरीय बस्तु तथा सेवा बिषयक १ दिने अभिमुखिकरण कार्यक्रममा बोल्ने बक्ताहरुले उपभोक्ता आफैँ आफ्नो अधिकारप्रति सचेत हुुनुपर्नेमा जोड दिएको हो।सो अवसरमा लुम्बिनी प्रदेश शभा सदस्य तथा पुर्ब मन्त्री तुल्सिराम शर्माले उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राखेर गुणस्तरीय सामान बजारमा राखिनुपर्ने र बजारमा वस्तुका बारेमा उपभोक्ता आफै पनि जागरुक हुनुपर्ने बताउनुभयो ।
शर्माले उपभोक्ताको हकअधिकार र स्वास्थ्यलाई असर पर्नेगरी कुनै पनि वस्तु र सामग्रीको बेचबिखन गर्न नहुनेमा जोड दिनुभयो ।
तस्बिर :आफ्नो भनाई राख्दै लुम्बिनी प्रदेश शभा सदस्य तथा पुर्व मन्त्री तुल्सिराम शर्मा
लुम्बिनी प्रदेश शभा सदस्य धन लक्ष्मी श्रेष्ठले उपभोक्ताले स्वास्थ्यकर खाना खानु भनेको स्वस्थ जीवनयापनको महत्वपूर्ण हिस्सा भएको बताउनुभयो।
खाद्य स्वच्छता एक बहु-आयामिक र बहुपक्षीय भएपनी हामिहरु बिकास निर्माण तर्फ ध्यान दिन्छौं उहाँले भन्नुभयो-"खाद्य पदार्थ उत्पादन,प्रशोधन, संचय,बिक्री/वितरण र परिचालन,अनुगमन हुँदै उपभोग गर्ने चरणसम्म उचित ध्यान पुर्याउनुपर्दछ।"
तस्बिर : लुम्बिनी प्रदेश शभा सदस्य धनलक्ष्मी श्रेष्ठ
निर्माण व्यावसायि संघका अध्यक्ष नवीन कुमार श्रेष्ठले नेपालमा धेरैले प्रयोग गर्ने शब्दमा ‘स्थानीय उत्पादनको प्रवर्द्धन’ भन्ने छ । तर,व्यवहारमा भने स्थानीय उत्पादनको खासै प्रवर्द्धन हुन नसक्नुले पछिल्लो समय यता उद्यम तर्फ आकर्षण नहुने गुनासो व्यक्त गर्नुभयो।
उहाँका अनुसार सत्ताको नेतृत्व गर्दै आएका र पहुँचमा रहेका व्यक्तिहरूले स्थानीय उत्पादनको प्रवर्द्धन गर्नुपर्ने भाषण गरिरहँदा स्थानीय उत्पादनमा खासै सुधार आएको पाइँदैन । उहाँले भन्नुभयो -"त्यसैले यसमा नीतिगत समस्या छ भन्ने पुष्टि हुन्छ,सरकारी संस्कार सुधार भयो भने मात्र तल्लो स्तरमा पनि सुधार हुने भएकाले उत्पादनको आधारमा अनुदान दिने नीति कार्यान्वयन हुनु पर्छ।यस्तो गरियो भने मात्र स्थानीय उत्पादनको प्रवर्द्धन गर्न सम्भव हुन्छ।"
तस्बिर : निर्माण ब्यबसायी संघ प्युठानका अध्यक्ष नवीन कुमार श्रेष्ठ
अभिमुखिकरणमा ब्यबसायी भोज बहादुर बस्नेतले बजार अनुगमन गर्ने निकाय निदाएको टिप्पणी गर्नुभयो।
बस्नेतले,‘स्वास्थ्यमा प्रतिकूल असर पर्ने तथा म्याद गुज्रिएका उपभोग्य वस्तुको बेचबिखन र उपभोग तथा वातावरणीय प्रदुषण र हानिकारक पदार्थको नियन्त्रण,अनुगमन तथा नियमन हुँदै आएको भनिएपनि प्रभावकारी परिणाम आउन सकेको छैन।’ उहाँले खाद्यवस्तुको गुणस्तर तथा विषादीको चेकजाँच गर्ने प्राविधिक तथा प्रविधिको अभाव देखिएको बताउनुभयो।
त्यस्तै अर्का ब्यबसायी दिन बहादुर जि.सि ले आज नेपाली बजार बजारजस्तो नभएको बताउनुभयो । वस्तु र सेवाको खरिद–बिक्री स्थल बजारमा उपभोक्ताले ढुक्क भएर खरिद गर्ने र आफूले खरिद गरेको वस्तु र सेवाको निर्भीक भएर उपभोग गर्ने अवस्था छैन । उहाँले भन्नुभयो -"रातारात वस्तु र सेवाको मूल्य बढेका कारण बेलुका बनाएको खरिद लिस्ट र अनुमानित बजेटले बजारमा ढुक्क भएर खरिद गर्न गाह्रो छ। तौल र गुणस्तरमा समेत अनुचित काम हुँदा परिमाणमा ठगिनुको साथसाथै गुणस्तरहीन वस्तुले उपभोक्ताको जिउ,ज्यान,स्वास्थ्य र सम्पत्तिमा हानि-नोक्सानी पुगिरहेको छ।"
उद्योग बाणिज्य संघ प्युठानका कार्यबहाक अध्यक्ष प्रमोद पोख्रेलले एउटा वस्तु वा सेवा प्रदायकले अर्को वस्तुको सेवाग्राही बन्नुपर्ने बताउनुभयो।
तस्बिर उद्योग बाणिज्य संघ प्युठानका कार्यबाहक अध्यक्ष प्रमोद पोख्रेल
वस्तु र सेवा प्रदायकले आफूले अरूलाई ठगिरहँदा आफू पनि ठगिने कुरालाई आत्मसात् गर्न नसकेसम्म बजार स्वच्छ हुन नसक्ने उहाँको भनाई।
जिल्ला समन्वय प्रमुख धरम बहादुर जि.सि ले व्यवसायीले आफ्नो व्यावसायिक मूल्य र मान्यता पालना गरेर व्यावसायिक धर्म निर्वाह गर्नुपर्ने बताउनुभयो । उपभोक्ताले विवेकशील र सजग भएर वस्तु र सेवाको खरिद गर्नुपर्छ । सूचना दिने र पैरवी गर्ने सरकारी,गैरसरकारी निकाय र सामाजिक सङ्घसंस्था एवं सञ्चार जगतले इमानदार र सत्यतथ्यमा आधारित सूचना प्रवाह गरेर पैरवी गर्नुपर्ने बताउनुभयो।
नेपालको उपभोक्ता संरक्षण ऐन ऐन,२०७५ कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२,खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१,पशु वधशाला र मासु जाँच ऐन,२०५५,स्टान्डर्ड नाप र तौल ऐन,२०२५,औषधि ऐन, २०३५ बारे कार्यक्रममा छोटकरीमा चर्चा गरिएको थियो।
त्यस्तै उपभोक्ता अधिकार(उपभोक्ता संरक्षण ऐन,२०७५)सहज पहुँचको अधिकार,प्रतिस्पर्धात्मक मूल्यमा बस्तु वा सेवाको छनौट गर्न पाउने अधिकार,वस्तु वा सेवाको मूल्य, परिमाण,शुद्धता,गुणस्तर आदि बारेमा सूचित हुन। पाउने अधिकार,दुई वा दुई भन्दा बढि पदार्थको समिश्रणवाद बनेको वा उत्पादित वस्तुमा रहेका त्यस्ता पदार्थको मात्रा,तत्व वा प्रतिशतको वारेमा जानकारी पाउने अधिकार लगायतमा नेपालको संविधानको मौलिक हकअन्तर्गत उपभोक्ताको हकमा प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने हक हुनेछ भनिएको छ।
त्यस्तै नेपालको संविधान,२०७२ को धारा ४४ मा प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने हक हुनेछ,गुणस्तरहीन वस्तु वा सेवावाट क्षति पुगेकी व्यक्तिलाई कानून बमोजिम क्षतिपूर्ति पाउने रक हुनेछ भनी व्यवस्था छ तर सो सम्बन्धी कानुन बनाएर कार्यान्वयनमा आएको छैन। जसलेगर्दा आम उपभोक्त गुणस्तरहीन वस्तु र सेवा प्रयोग गर्न वाध्य भएको गुनासो सहभागीको छ।
कार्यक्रमको समापन गर्दै आयोजक कार्यालयका प्रमुख मनिराम गुरुङले उपभोक्ताहरुलाई गुणस्तरिय वस्तु र सेवा उपलब्ध गराउने सम्बन्धमा उद्योग-वाणिज्य फर्महरुको जिम्मेवारी र नियामक निकाय तथा सरोकारवालाहरुको भूमिका सम्बन्धमा अभिमुखीकरण कार्यक्रमबाट,व्यवसायीहरुलाई सुसुचित गर्ने,उपभोक्ता हक सम्वन्धमा सृजग गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो।
कार्यक्रममा उद्योग बाणिज्य संघका महासचिव शन्देस आचार्य , कोषाध्यक्ष झविन्द्र शर्मा,जिल्ला स्थित स्थानीय तह अन्तर्गतका विभिन्न ब्यबसायी,उद्यमि,निर्माण ब्यबसायी,होटल व्यावसायि,पत्रकार लगायतको उपस्थिति रहेको कार्यक्रममा स्वागत मन्तब्य आयोजक कार्यालय घरेलु तथा साना उद्योग बिकास कार्यालय प्युठानका लेखापाल धर्म डिसि ले गर्नु भएको थियो भने सन्चालन सहयोगी सस्था उद्योग बाणिज्य संघका प्युठानका कार्यालय प्रमुख प्रकाश खनालले गर्नुभएको थियो।
प्रतिक्रिया राख्नुहोस्