प्युठानमा १२ वर्षमाथिका लाई बुधबार देखि फाइजर खोप दिइँदै

राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठानमा कोभिड-१९विरुद्धको फाइजर-बायोएनटेक खोप अभियान सञ्चालन हुने भएको छ।
१२ वर्ष उमेर माथीकालाई यही भाद्र २६ गते देखी ३१ गते सम्म जिल्ला भर खोप अभियान सञ्चालन हुने भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय प्यूठानले शनिबार जिल्लाका सञ्चारकर्मीहरु संग अन्तरक्रिया गरी फाइजर बायोएनटेक खोप अभियान बारे जानकारी गराएको छ।
स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख मधुसूदन खड्काले जिल्ला भर सञ्चालन हुने खोप कार्यक्रम,जनशक्ति परिचालन,खोप केन्द्रहरु,नया खोप तालिका,खोपको लक्षित वर्ग,खोप लगाउने तरिका,जिल्लामा कोभिड खोप अभियानको प्रगति वारे जानकारी दिए।खड्काका अनुसार प्रत्येक खोप केन्द्रमा २ जना स्वयम्सेवक तथा १ जना खोप दिने स्वास्थ्यकर्मीको व्यवस्था गरिएको,जिल्लामा ४० हजार २० भ्याक्सिन उपलव्ध भएको,१२ वर्ष माथीका कोभिड १९ खोप दोस्रो वा वुष्टर मात्रा लगाई १ वर्ष समय अवधी पुगेकाले थप वुष्टर खोपको रुपमा,पहिलो मात्रा लगाएकाले २८ दिन पछी दोस्रो मात्राको रुपमा तथा एकपटक पनि नलगाएकाले प्रथप पटक यो खोप लगाउन सकिने छ।
सुरक्षित र प्रभावकारी मानिएको यो खोपको प्रभाबकारिता ९१ प्रतिशतसम्म हुने अध्ययनले देखाएको छ।
१२ बर्ष भन्दा माथिकालाई फाइजर–बायोएनटेक खोप एक पटकमा ०.३ एम.एल दिइने,मासुमा सामान्यतया बाँया पाखुरामा लगाइने कोल्चेन अधिकृत कोशल राज बैद्दले बताए।२०७७ माघ १५ देखी जिल्लामा कोभिड खोप लगाउन सुरु गरिएको थियो।
जिल्ला स्वास्थ्य कार्यालय प्युठानको शभाहलमा सन्चालन गरिएको उक्त कार्यक्रममा पत्रकार महासंघ प्यूठानका अध्यक्ष सञ्जय रिजाल,केन्द्रीय सदस्य सुशील पोखरेल,पूर्व अध्यक्ष गिरु प्रसाद भण्डारी एवं जिल्लाका क्रियाशिल सञ्चारकर्मीहरुको सहभागिता थियो।