सरुमारानीमा बजार अनुगमन : ८५ हजार मूल्य बराबरका अखाद्य सामग्री नष्ट गरियो

सरुमारानीमा बजार अनुगमन : ८५ हजार मूल्य बराबरका अखाद्य सामग्री नष्ट गरियो

सीता बि.क
प्युठान,बजारमा गुणस्तरहीन वस्तुको बिक्री वितरण भइरहेको गुनासो आएपछि सरुमारानीमा बजार अनुगमन गरिएको छ।
सरूमारानी गाउँपालिकाकाे मुख्य बजार अन्तर्गत वडा नं १ बाङ्गेशाल,वडा नं २ काे दर्भान बजार र वडा नं ४ मा रहेकाे बड्डाँडा बजारको अनुगमनको क्रममा गुणस्तरहीन वस्तु जफत गरी नष्ट गरिएको हो।
बजार अनुगमन टाेलीका संयोजक लक्ष्मण आचार्यकाे नेतृत्वमा खटिएको बजार अनुगमनका क्रममा म्याद नाघेका खाद्य सामाग्रीहरु फेला पारिएको छ । 

उपभोक्ताहरुलाई स्वस्थ  तथा गुणस्तरिय खाद्य वस्तुहरुको प्रयोगको लागि बजार अनुगमन गरिएको संयोजक आचार्यले जानकारी दिनुभयो।
उहाँका अनुसार दुई  दिनको अनुगमनको क्रममा बाङ्गेशाल बजार,दर्भान बजार र बड्डाँडा बजार क्षेत्रका पसलमा रहेका खाने तेल,जंक फूड,मसला लगायतका सामानकाे धेरै जस्ताे म्याद नाघेका सामान,खानामा कलरको प्रयोग भएको पाइएपछि करिब १ सय २० वटा पसलको अनुगमन गरिएको थियो।
उहाँले बन्नुभयो-"बजार अनुगमनको क्रममा देखिएका कमजोरी तत्काल हटाउन निर्देशन दिंदै करिब ८५ हजार मूल्य बराबरका म्याद गएका सामानहरुलाई नष्ट गरिएकाे छ।

तस्बिर : जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायब उपरीक्षक इश्वर थापा सहित अनुगमन टोलिको उपस्थितिमा फेला परेको अखाद्य बस्तु नष्ट गरिदै


उता सर्वसाधारणले भने वर्षको एक-दुई पटक औपचारिकता निभाउन मात्र बजार अनुगमन गर्ने गरेको गुनासो गर्दै यसलाई निरन्तरता दिन माग गरेका छन्।अनुगमनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत,गाउँपालिकाका कर्मचारी,जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायब निरिक्षक इश्वर थापा,जिल्ला प्रशासन कार्याल प्यूठानका निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मी देवी शर्मा,घरेलु तथा साना उद्योग समितिको कार्यालय प्यूठानका प्रतिनिधि, ढुङ्गेगढी प्रहरी चाैकी इन्चार्ज,प्रहरी चाैकी बड्डाँडाका प्रहरी प्रतिनिधि,स्वास्थ्यकर्मी लगायतको सहभागिता रहेकाे थियो।