जन्मदिनको अबसरमा सांसद थापाले स्थापना गरे "गोपाल स्मृति छात्रवृत्ति"अक्षयकोष  

जन्मदिनको अबसरमा सांसद थापाले स्थापना गरे "गोपाल स्मृति छात्रवृत्ति"अक्षयकोष  

सीता बि.क
प्युठान,प्यूठानका संघीय सांसद सूर्य थापाले रामबहादुर थापा "गोपाल स्मृति छात्रवृत्ति"अक्षयकोष स्थापना गरेका छन्।
बुधबार आफ्नो जन्मदिनको अवसर पारेर सांसदथापाले ऐरावती गाउँपालिका–६ बिजुलीस्थित जनता माध्यमिक विद्यालयमा उक्त अक्षयकोष स्थापना गर्ने घोषणा गरेका हुन। 
अक्षयकोष स्थापना गरिएको नामाकरण नेकपा (एमाले) ले देशभर संचालन गरेको मिसन ग्रासरूट अभियानका क्रममा माण्डवी गाउँपालिका ५ आँपचौरमा सडक निर्माण गरिरहेको डोजरले हानेर मृत्युवरण गरेका रामबहादुर थापा (गोपाल)को नाम बाट सांसद थापाले आफ्नो जन्मदिनमा ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन। उक्त कोष बाट आएको ब्याज रकम विद्यालयका जेहेन्दार र विपन्न विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिने छ।
एमाले प्यूठानका जिल्ला कमिटी सदस्य समेत रहेका थापा प्रती भावपुर्ण श्रदासुमन प्रकट गर्दै सांसद थापाले प्रतिनिधिसभा सदस्यको हैसियतमा एक महिनाको पारिश्रमिकबाट पार्टीको लेबी र कर कट्टी गरी बचेको रकमबाट उक्त अक्षयकोष स्थापना गरिएको सांसद बताए।