सरुमारानीमा १ महिने सिलाई कटाई पुर्न ताजगी तालिम सम्पन्न

सीता बि.क
प्युठान,सरुमारानी गाउँपालिका वडा नं. ४ मा संचालित १ महिने सिलाई कटाई सम्बन्धि पुर्न ताजगी  तालिम सम्पन्न भएको छ । 
आर्थिक बर्ष २०८०/०८१ को गरीबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा)अन्तर्गत उक्त तालिम संचालन गरीएको गाउँपालिकाले जनाएको छ ।
तालिम समापन समारोहको प्रमुख अतिथिको आसनबाट बोल्दै सरुमारानी गाउँपालिका अध्यक्ष झग बहादुर बिश्वकर्माले हरेक मानिसभित्र रहेको सीपलाई व्यवहारमा उतार्न सके आत्मनिर्भर र स्वरोजागरको अवस्था सिर्जना हुने बताउनुभयो। 
१ महिना सम्म सिकेको सिपलाई जिवनमा लागु गर्न सहभागीलाई आग्रह गर्नुभयो ।
मानिसलाई सिपले स्वरोजगार बनाउने बताउँदै श्रम र सिपले आय आर्जन गर्न सकिने भएकाले सिप हुने मानिस जहिले पनि समाजमा सम्मानित हुने अध्यक्ष बिश्वकर्माको भनाई छ।सोही कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष बसन्ता खड्काले  हातमा सीप भए कोहि पनि मानिस बेरोजगार बस्नु नपर्ने र कसैको भर नपर्नुपर्ने भन्दैं तालिममा सिकेको सीपलाई व्यवहारमा उतारेर सहभागीहरुलाई आत्मनिर्भर र स्वरोजगार बन्न आग्रह गर्नुभयो ।
सरुमारानी गाउँ पालिका का वडा नम्बर ४ का वडा अध्यक्ष चिन्त सोमै मगरले सिलाई कटाई तालिमबाट दक्ष जनशक्ति उत्पादन गर्ने हिसाबले तालिम प्रधान गरीएको बताउदै तालिमले महिला दिदिबहिनीहरुलाई स्वरोजगार,आत्म निर्भर बन्न र आर्थिक उपार्जनमा समेत महत्वपूर्ण योगदान पुर्याउने बताउनु भयो ।
गाउँपालिका प्रबक्ता समेत रहेका सोमै मगरले यस्ता सीपमुलक कामका लागि गाउँपालिका जहिले पनि हातेमालो गर्न तयार रहेको बताउनुभयो।गत जेष्ठ १९ गते संचालन गरिएको उक्त सीप बिकास तालिममा ८ जना महिलाहरुको सहभागिता रहेको थियो भने तालिमको सहजीकरण भावना सारु मगरले गर्नुभएको थियो।
वडा नं. ४ का वडा अध्यक्ष चिन्त सोमै मगरको अध्यक्षतामा भएको कार्यक्रमको संचालन उद्यम विकास सहजकर्ता सीता बि क ले गर्नु भएको थियो । भने कार्यक्रममा सरुमारानी गाउँपालिका वडा नम्बर ४ का वडा सदस्य भोज बहादुर सारु मगर,धन बहादुर थापामगर र वडा नम्बर ४ का वडा सचिब जनक सुनार लगायतको उपस्थिती थियो ।