सुरजको साईकल यात्रा : २ दिनमा ३ सय किलोमिटर पार गरेर प्युठान पुगे

सुरजको साईकल यात्रा : २ दिनमा ३ सय किलोमिटर पार गरेर प्युठान पुगे

युवालाई नेपाल पस्न नदिएपछि ४ घण्टा आन्दोलन समेत गरेपर्यो। सुरज भन्छन, ‘नेपाल प्रहरी र भारत प्रहरी बिच छलफल भएपछी बल्ल नेपाल छिर्न दिइयो । नेपाल आईसकेपछी सुरज सहित १३ जना बबही बहुमुखी क्याम्पस बर्दियामा १४ दिन सम्म क्वारेन्टाइनमा बसे , त्यहा स्वास्थ्य परिक्षण गरियो, ‘रिपोर्ट नेगेटिभ आउदा धेरै खुसी लाग्यो’ सुरजले भने।राम बहादुर बिश्वकर्मा,प्युठान । कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउन गरिएपछि धेरै व्यक्तिहरु पहिले जहाँ थिए, त्यहीँ रोकिएका छन् । हुनेखानेहरुलाई त लकडाउनले खासै असर गरेको छैन । तर, हुँदाखानेहरु बेखर्ची भएपछि कष्टकर यात्रागर्दै आफ्नो घर फर्किरहेका छन् ।
घर आउनुको केही विकल्प देखेन्न। सामान्यतया यतिलामो यात्रा साइकलमा या त रेकर्ड राख्नका लागि गरिन्छ। तर, सुरजको यात्राको उद्देश्य भिन्न थियो । सुरज केवल बाध्यतामा थिए । त्यही बाध्यताले नै उनको साइकल यात्रा तय गरेको थियो ।साइकलमा उनि दुई दिन लगातार हिडें। ३ सय ९ किलोमिटर पार गरे उनि आफ्नो गाउँसम्म आईपुगे ।
नोकरी गर्न हिडेका प्युठान नगरपालिका ९ का सुरज भारती भारत पुगे।काम पनि पाए। गत माघ महिनादेखि भारतको महाराष्ट्र स्थित श्रीराम कन्सट्रक्सन प्रा लिमा चिया बनाउने एक कम्पनीमा काम पनि गरे । तर, उनले धेरै लामो समय राम्रोसँग काम गर्न पाएनन्। किन कि उनले काम थालेको केही महिनामै लकडाउन सुरु भयो।
लकडाउनकै कारण मालिकले कम्पनी बन्द गरे । त्यसपछि ४१ वर्षीया सुरज लगायत बर्दियाका १२ जना युवा महाराष्ट्रमा कामविहीन बने । त्यहाँ बस्नको लागि एकातिर जोखिम धेरै र अर्काे तर्फ बेरोजगारीमा हात मुख जोड्ने समस्या जस्ता कारणले उनी गाउँ फर्किने निधो गरे । गाउँ फर्किने निधो गरेपनि रेलको सबै सेवाहरु बन्द थिए । गाडी पनि चलेका छैनन् । तर,कम्पनी मालिकले पासको ब्यबस्था गरिदिए। सुरज सहितका १३ जनाले १२ हजार ३ सय सात रुपैयाँका दरले १ लाख ६० हजार रुपैयाँ तिरेर गाडी बनाए।र घरको यात्रामा निस्किए । सुरज,उनका साथिहरु सहित ४ सय ५० जना सिमामा आएर रोकिए।

बर्दियाका साथी उतै बसे पछि यस्तो अवस्थामा घर जाने एउटै विकल्प थियो उनीसँग त्यो हो साइकल किनेर जाने, बर्दियामा ६ हजार रुपैयाँमा साइकल किनेर त्यही साइकलको सहारामा उनीले सुरु गरेका थिए ३ सय ९ किलोमिटरको यात्रा ।
अहिले आफ्नै घरको क्वारेन्टाइनमा बस्दै आएका सुरजले कामनासँग कुरा गर्दै घर आईपुग्नका लागि यही साईकलमा हिड्ने जुक्ती निकालेको बताए ।‘साहुले कम्पनी बन्द हुने भनेपछि अब खान पनि पाईन्न भन्ने लाग्यो । त्यसैले जसरी भएपनि गाउँ फर्किन्छु भन्ने निर्णय गरेँ।’सुरज भन्छन, ‘बर्दियासम्म गाडिमा आयौँ ,त्यहाँबाट साइकल किनेर जेष्ठ १४ गते बिहानै घरतिर हिडेँ ।’
आखिर त्यही साइकलले भारतिलाई गन्तव्यसम्म पुर्‍यायो । उनले आफ्नो यात्राको बेलिबिस्तार यसरी लगाए।

घरमा कसो नपुगिएला र भन्ने सोचेर घर निस्किएको मैले झोलामा केही बिस्कुट र फलफूल बोकेको थिएँ । ताकि भोकै सुत्नु नपरोस् । बिहानैदेखि राति सम्म मुखमा लाइट बालेर साइकल चलाउँथे र थिएँ । तर, बाटोमा एकदमै कम रोकिएँ, बाटोमा प्रहरीले रोकेर हैरान हुन्थ्यो । मेरो पिसिआर रिपोर्ट देखाए पछु छोडथ्यो।
मैले मेरा सबै कुरा भनेपछि उनीहरुले मलाई आउन दिए।’त्यसैले २ दिनमै घर आइपुगेँ ।’

साइल यात्राको अनुभुती : उनको अवस्था कस्तो थियो होला ?

सुरज भन्छन्, ‘म एकदम ठिक थिएँ । खुट्टा केही सुन्निएको थियो। शरिरको दुखाइ अहिले पनि छ। दुखाई कम भएको छैन । तर, म बिरामी नै भने परिन । खोकी र हाछ्युँ पनि आएन । अहिले म पूर्णरुपमा स्वस्थ छु ।

भारत पुरै लक भएपछि लाखौं प्रवासी श्रमिकहरु साइकल वा पैदल यात्राबाटै आफ्नो गाउँ फर्किएका छन् । सुरजले करिब ३ सय ९ किलोमिटरको यात्रा साइकलमा २ दिनमा पूरा गरे । हिम्मत र आत्मविश्वासको यात्रा साँच्चिकै उनका लागि अबिश्मरणिय छ ।