राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठान नगरपालीकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को निति,कार्यक्रम र बजेट निर्माणका बिषयमा विभिन्न सरोकारवाला निकायहरुसँग वृहत अन्तरक्रिया तथा सुझाव संकलन कार्यक्रमको आयोजना गरेको छ ।
आइतबार होटल आयुष्मामा आर्थिक बर्षको निती,कार्यक्रम र बजेट निर्माणका बिषयमा सरोकारवालासँग वृहत अन्तरक्रिया तथा सुझाव संकलन गरिएको हो।
सुझाब संकलनका क्रममा सहभागि सरोकारवालाले अनुदानलाई प्रोत्साहनमा रुपान्तरण,कृषि,पशु,शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार,फोहोरमैला व्यवस्थापन,राजश्व सुधार र पालिकाले दिने सेवा प्रवाहमा सुधार ल्याउनुपर्ने सुझाब दिएका छन ।
कार्यक्रममा नगरपालीकाका सस्थापक नगर प्रमुख अर्जुनकुमार कक्षपतिले सामुहिक हित हुने कार्यक्रमहरु मिलाएर निति निमार्ण गर्न सुझाव दिएका थिए ।
कृषि,पर्यटन,लघु उद्यमको माध्यमबाट आर्थिक क्रियाकलाप वृद्धि गर्ने,पूर्वाधार निर्माण,शिक्षा र स्वास्थ्यको गुणस्तर वृद्धि गर्ने खालका विषय प्राथमिकताका रुपमा रहेनुपर्ने उनको सुझाव छ।
पालिकाको प्राथमिकताका विषय पहिचानमा सहजता,जनताको चाहना र भावना बुझ्दै बजेटलाई यथार्थ फरक बनाउन रायसुझाव माग गरिएको प्युठान नगरपालिकाका नगर प्रमुख बिष्णु योगिले बताए ।
नगरपालिकाले प्राथमिकताका आधार तोकेर सम्बन्धित विषयमा रायसुझाव माग गरेको छ। नगर प्रमुख योगिले भने -‘पालिकाले मुख्यगरी आर्थिक क्रियाकलापमा जनतालाई जोड्ने, शिक्षा र स्वास्थ्यको गुणस्तर वृद्धि गर्ने जस्ता विषयलाई प्राथमिकता दिने लक्ष्य छ’,उनले भने, ‘यसैलाई आधार मानी आगामी आर्थिक वर्षको नीति,कार्यक्रम र बजेटमा राय सुझाव माग गरेका छौँ ।’
सबैको अपनोत्व हुने गरि आवस्यक्ताको आधारमा काम गर्ने गरि नीति बनाउने र आगामी बजेट सिलिङ हुने समय सम्म पनि सुझाव तथा रचनात्मक सहयोग,निति र बजेटमा समाबेस गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
कार्यक्रममा प्रमुख प्रसासकिय अधिकृत नारायण प्रसाद भण्डारीले स्वागत र कार्यक्रमको सहजीकरण प्युठान नगरपालिका वडा नम्बर ८ कि वडा सचिब सिवा रावत ले गरेकि थिइन।
सोही अबसरमा १ बर्षको नगरपालिकाको उपलब्धिका विषयमा प्रतिबेदन प्रस्तुत गरिएको थियो।
कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, शिक्षक,सरकारी कर्मचारी,पत्रकार, नागरिक समाज लगायतको सहभागिता रहेको थियो।
प्रतिक्रिया राख्नुहोस्