लुप्लुङ्ग माबिको अध्यक्षमा श्रीराम भण्डारी 

राम बहादुर बिश्वकर्मा
प्युठान,नौबहिनी गाउँ पालिका वडा नम्बर ८ को लुप्लुङ मावि फोप्लीको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा श्रीराम भण्डारी निर्वाचित भएका छन्।
विद्यालयको शुक्रबार भएको अविभावक भेलाले भण्डारीको अध्यक्षतामा ७ सदस्यीय व्यवस्थापन समिति समेत चयन गरेको हो।समितिका सदस्यहरुमा चुमा भण्डारी,मिना भण्डारी,मधुसूदन भण्डारी लगायत चयन भएको र २ जना सदस्य सोमबार मात्र मनोयन गरिने अभिभावक बिनोद भण्डारीले जनाए।उनले विद्यालयको विकासका लागि योगदान गर्न सफल हुने विस्वास लिएर भण्डारीलाई अध्यक्षमा चयन गरेको बताए।भण्डारीले विद्यालयमा योगदान दिन सक्नेमा अभिभावकहरु विश्वस्त रहेको अभिभावक बिनोद भण्डारीको तर्क छ।
त्यसै गरी समितिमा पदेन सदस्यका रुपमा वडाअध्यक्ष,सदस्य सचिवमा विद्यालयका प्रअ र एकजना शिक्षक प्रतिनिधि सदस्य रहने व्यवस्था रहेको छ।
सामाजिक क्षेत्रमा क्रियाशील पत्रकार भण्डारी सो विद्यालयका पूर्व विद्यार्थी पनि हुन् । 
विद्यालयको गुणस्तरिय शिक्षा अभिबृद्धि गर्न र विद्यार्थीहरुको सङख्या समेत बढाउने तर्फ आफुहरु लाग्ने नवनिर्वाचित अध्यक्ष भण्डारीले बताए ।
उनले भने- ‘म यस विद्यालयमा कक्षा १ देखी ८ सम्म अध्ययन गरेको बिध्यार्थी हु र २ पटक सम्म बिध्यालय ब्यबस्थापन समितिको सदस्यमा रहेर काम गरेको अनुभव छ त्यसैले पनि मेरो विद्यालय प्रति सहयोग जतिबेला पनि भएको थियो,अब सबैको साथ र सहयोगबाट हामीले नमुना बिद्यालय बनाउन तर्फ लाग्नु पर्छ।’उनले भने 
बिध्यालयलाई बालमैत्री सिकाई केन्द्र निर्माण गर्दै विद्यालयको शैक्षिक गुणस्तर राम्रो बनाउन विद्यार्थी, शिक्षक र अभिभावक विचको त्रिकोणात्मक सम्वन्धलाई सुमधुर र सुदृढ बनाउदै लुप्लुङ्ग  माध्यमिक विद्यालयलाई नमूना र उत्कृष्ट शैक्षिक संस्थाको रूपमा स्थापित गर्न क्रियाशील रहने उनको धारणा छ।