सीता बि.क
प्युठान,स्थानीय तहका अधिकांश जनप्रतिनिधि जनताको दुःख भुलेर सुखसयलमा रमाउन तल्लीन छन्।
नयाँ–नयाँ महँगा गाडी चढ्न तँछाडमछाड गर्दै छन्। तालिमको नाममा चर्को भत्ता खाइरहेका छन्।गाउँमा हुने विकासका नाममा आफ्नै लगानीमा डोजरलगायतका निर्माण सामग्री खरिद गरेर अनियमितता गरिरहेका जनप्रतिनिधि पनि धेरै छन्। नातागोता र आफन्तलाई जागिर खुवाउन सक्रिय हुने उत्तिकै छन्।यस्ता क्रियाकलापले आफ्नै मतदातामाझ धेरै जनप्रतिनिधि आलोचित भएका छन्।
तर,यो भिडमा केही जनप्रतिनिधि यस्ता पनि छन्,जसले राज्यबाट पाउने तलबसुविधा नै लिएका छैनन्।पाएको तलबभत्तालगायतका सुविधा पनि जनताको सेवामा खर्चिएका छन्।केही जनप्रतिनिधिले कानुन बमोजिम पाएको तलबभत्तामा रकम थपेर पनि समाजसेवामा खर्च गरेका छन्।
त्यस्तै प्युठान नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष सुमन श्रेष्ठले ले १ महिनाको पारश्रमिक सामाजिक कामका लागि सहयोग गर्ने घोषणा गरेका छन्।उनले प्युठान नगरपालिका वडा नम्बर ३ मान्द्रेचौर स्थित जनक प्राथमिक बिध्यालयमा थप कक्षा सन्चालन र गुणस्तरीय शिक्षा वृद्धिमा टेवा पुर्याउने उद्देश्यले आफ्नो १ महिनाको तलबबापत ३० हजार रुपैँया सहयोग गर्ने घोषणा गरेका छन्।सामाजिक कार्यमा अग्रसर युवा नेता वडा अध्यक्ष श्रेष्ठले उक्त बिध्यालयमै पुगेर घोषणा गरेका हुन्।
बिध्यालयका प्र अ बेलि बि.क ले वडा अध्यक्ष श्रेष्ठ बाट प्राप्त सहयोगले बिध्यालयमा थप कक्षा सन्चालनमा सहयोग पुग्ने बताइन।निर्बाचित भएको सुरुको बर्ष देखिनै वडा अध्यक्ष श्रेष्ठले मासिक पारिश्रमिक मात्र नभएर ब्यक्तिगतरुपमा विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आएकाछन्।
प्युठान नगरपालिका -३ अन्तर्गत पर्ने मुख्य सडकमा सडक लाइट जडान गरेर चर्चामा आएका श्रेष्ठ दैनिक उत्तिकै सामाजिक क्षेत्रमा सक्रिय छन्।विकास निर्माणका कामहरु त छदैछ।कुलतमा लागेका युवाहरुलाई खेल क्षेत्रमा प्रवेश गराउनका लागि अहिले उनको मुख्य जोड छ।
यी र यस्ता थुप्रै उदाहरणीय काम गरेकै कारण छोटो समयमै वडा अध्यक्ष सुमन श्रेष्ठको चर्चा चुलिएकोछ।वडामा मात्र नभएर जिल्लामै समस्या तथा अप्ठेरामा परेकालाई सक्दो सहयोग गर्न अग्रसर वडा अध्यक्ष श्रेष्ठको नाम जनजनको बोलिमा झुण्डिएको छ।सामाजिक कार्यमा अग्रसर वडा अध्यक्ष श्रेष्ठ कसैलाई आर्थिक,कसैलाई भौतिक त कसैलाई साथ दिएर सहयोग गरिरहेकाछन्।‘एक मानव अर्को मानवका लागि यदि काम लाग्दैन भने त्यस्तो मानवको अस्तित्व हुदैन।म जे गर्छु त्यो मानवता र पाएको दायित्वका आधारमा नै गरिरहेकोछु।’वडा अध्यक्ष श्रेष्ठ बताउँछन्।
जनप्रतिनिधीले जनताको काममा दत्तचित्त भएर लागेमा जनताबाट पनि सम्मान पाउन सकिन्छ भन्ने वडाध्यक्ष सुमन श्रेष्ठ एक उदाहरण हुन् ।
वडाबासीको हरेक सुखदुखमा सहभागी हुने गरेका श्रेष्ठ वडाबासीको कामका लागि नगरपालिका होस्, सदरमुकाम वा अन्यत्र ढिलासुस्ती भएमा सहजिकरणका लागि स्वयम पुग्ने गर्छन् ।
गाँउटोलमा भएका समान्य विवाद हुन् वा विकास निर्माणका कार्य हुन् अथवा वडा कार्यालयले प्रदान गर्ने सेवासुविधानै किन नहोस् उनी प्रभावकारी नेतृत्वसगैं जनताकै पक्षमा रहेर काम गर्दै आएका छन्। सामाजिक सेवाको क्षेत्रमा श्रेष्ठले खेलेको भूमिकाकै कारण उनले जनताको मन जित्न सफल भएको स्थानीयको बुझाई छ ।
समाजिक क्षेत्रमा मात्र नभइ प्रशासनिक कार्यमा पनि दख्खल राख्ने श्रेष्ठको नेतृत्वसंगै यतिवेला प्युठान नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष श्रेष्ठ बाट सहजता मिलेको वडासचिव कमला आचार्य बताउँछिन।
वडा अध्यक्ष श्रेष्ठ नगरपालिकाकै उदाहरणीय वडाअध्यक्षका रुपमा परिचित छन्।कम बोल्ने, सटिक बोल्ने श्रेष्ठ जनविरोधी कार्यका विरुद्ध खरोरुपमा उत्रिन्छन्।
वडाध्यक्ष श्रेष्ठले आफुलाई नेता भन्दा पनि जनताको प्रतिनिधीको रुपमा चिनाउँदा खुशी लाग्ने बताउँछन्। आफुले बहुसंख्यक वडाबासीको सुझाव अनुसार काम गर्ने गरेको श्रेष्ठको भनाई छ।
५ वर्षभित्र प्युठान नगरपालिकालाई नमूना वडा बनाउने अभियानमा लागेका वडाध्यक्ष श्रेष्ठले वडा कार्यालयका कर्मचारी र वडाबासीको सम्पूर्ण साथ पाएको बताउँछन् । राजनीतिक आस्थाका आधारमा भन्दा पनि आम नागरिकबाट सहयोग पाएको उनको भनाई छ।
श्रेष्ठले प्युठान नगरपालिका वडा नम्बर ३ का लागि गर्नुपर्ने अल्पकालिनदेखि दीर्घकालिन विकास निर्माणका योजना समेत तयार पारेका छन्।आफुले बनाएको योजना कार्यान्वयनका लागि वडाध्यक्ष श्रेष्ठले नगरपालिका देखि प्रदेश सरकार र संघीय सरकारको समेत ध्यानाकर्षण गराइरहेकाछन्।
वडामा जेष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य सेवा शिविर होस्,वडा बस्तिमै पुगेर घुम्ती वृद्ध असक्त लाई सहयोग गर्दै आएका छन् वडाअध्यक्ष श्रेष्ठले।आफ्नो कारणले कुनै पनि सेवाग्राहीले दुःख नपाउन भन्नेमा सधैं सचेत रहेने वडाध्यक्ष श्रेष्ठ कुनै दिन सेवाग्राहीको कामले अन्य सरकारी कार्यालयमा समेत पुग्ने गरेका छन् ।
प्युठान नगरपालिकाका नगर प्रबक्ता समेत रहेका श्रेष्ठ ब्यक्तिगतरुपमा समेत सहयोगी मन भएका ब्यक्ति हुन्। वडा अध्यक्ष श्रेष्ठले चर्चा भन्दा पनि गुणस्तरीय र अर्थपूर्ण कार्यमा आफुले विश्वास गर्ने बताउँछन् ।
श्रेष्ठले जनप्रतिनिधि भई सके पश्चात् हालसम्म विभिन्न मासिक तलब, बैठक भत्ताबाट प्राप्त करिब २ लाख भन्दा बढी सामाजिक क्षेत्रमा खर्च गरिएको उनले सुनाए ।
सो अवसरमा श्रेष्ठले निःस्वार्थरुपमा गरिने जनताको सेवाबाट आफू सन्तुष्ट रहेको र जनप्रतिनिधिको मूल उद्देश्य यही हुनुपर्ने बताए।उनले जनप्रतिनिधि जनताको चाहनाअनुसार निःस्वार्थरुपमा चल्नुपर्नेमा जोड दिए ।
स्वास्थ्य,शिक्षा र विकास निर्माणका काममा तलबभत्ता खर्च गर्दै आएको भए पनि विशेषगरी पैसाको अभावमा उपचार गर्न नसक्ने बिरामीलाई पहिलो प्राथमिकतामा राखेर सहयोग गरेको वडा अध्यक्ष श्रेष्ठले जानकारी दिए।
खानेपानी,बाटो निर्माण,आमासमूह, विद्यालय,कोशेलीघर,सीपमूलक तालिमका क्षेत्रमा तलबभत्ता खर्च गर्ने गरेको श्रेष्ठको भनाइ छ।
प्रतिक्रिया राख्नुहोस्