राम बहादुर बिश्वकर्मा
प्युठान,आफ्नो जन्मदिनमा महंगो खर्च गरेर मनाउने संस्कार छ।धर्तीमा पाइला टेकेको दिनलाई भोजभतेर गरेर फजुल खर्च गदैं उत्सवको रुपमा मनाउनेहरूको बीचमा सामाजिक एवम् मानवीय सेवामा सधैं सक्रिय सस्था लायन्स क्लब अफ प्यूठानका चियर पर्शन लायन प्रविण कक्षपतिले जन्मदिनको उपलक्ष्यमा बालबालिका र विद्यार्थीको शिक्षादीक्षामा सहयोग गरेर जन्मदिन मनाएका छन्।
प्युठान नगरपालिका वडा नम्बर ८ को बाग्दुललाका युवा ब्यबसायी कक्षपतिले मङ्गलबार आफ्नो जन्मदिनमा प्यूठान नगरपालिका ३ स्थित शारदा आधारभुत विद्यालयमा अध्ययनरत १९ जना बिपन्न छात्र छात्रालाई ट्र्याक सुट सहयोग गरे।
विद्यार्थीहरु विना पोसाक विद्यालय आउने गरेको भन्दै विद्यालयबाट आएको सूचनालाई आधार मानी १९ जनालाई लायन्स क्लब अफ प्यूठानले जन्मदिनको अवसरमा पोसाक वितरण गरेको लायन्स क्लब प्यूठानका रिपब्लिक अफिसर कमल श्रेष्ठले जानकारी दिए।
लायन्सको उद्देश्यनै सेवा भएकाले लायन्सका योजनाहरू त्यसै अनुसार बनाइने गरेको श्रेष्ठले बताए ।त्यसबाहेक दीर्घकालीन रूपमा जाने खालका योजनापनि बनाइने गरेको श्रेष्ठ बताउँछन् ।उनका अनुसार ‘विपद्तमा तत्कालीन राहत दिने बाहेक अन्य वातावरणीय प्रभाव,शिक्षामा सहयोग,उपचारमा पनि सहयोग गर्दै आएको छ।
रिपब्लिक अफिसर श्रेष्ठले लायन्स आबद्धता र लिडरशीपले आत्मअनुशासन पनि सिकाउने बताए । ‘व्यक्तिलाई सही दिशामा हिड्न पनि लायन्सले सिकाइरहेको हुन्छ’, उनले भने।
लायन्सले पोसाक वितरण गरेपछि विद्यालयमा सबै विद्यार्थीले पोसाक लगाएर आउने विद्यालयले जनाएको छ । लायन्स क्लब अफ प्यूठानका अध्यक्ष झविन्द्र शर्माको अध्यक्षतामा भएको पोसाक वितरण कार्यक्रममा लायन प्रविण कक्षपति,श्रीमती ऋचा कक्षपति,लायन्स सदस्यहरु,विद्यालयका प्र अ,शिक्षक शिक्षिका,विद्यार्थी लगायतको सहभागिता रहेको थियो।कार्यक्रमको सञ्चालन लायन्सका जिल्ला उपाध्यक्ष चन्द्र घर्तीले गरेका थिए।
प्रतिक्रिया राख्नुहोस्