जि.प्र.का प्युठानको नयाँ कार्य : पुर्ब प्रहरी कर्मचारीहरुका लागी कृषि सम्बन्धी स्थलगत तालिम 

जि.प्र.का प्युठानको नयाँ कार्य : पुर्ब प्रहरी कर्मचारीहरुका लागी कृषि सम्बन्धी स्थलगत तालिम 

राम बहादुर बिश्वकर्मा
प्युठान,जिल्ला प्रहरी कार्यालय प्युठानले पुर्व प्रहरी कर्मचारीका लागि कृषि सम्बन्धि स्थलगत  तालिम प्रदान गरेको छ।
अबकास पश्चात् पुर्ब प्रहरी कर्मचारी खाली समय बिताउने र नकारात्मक सोचको बिकास हुने भएकाले ब्यस्त जिवनका लागि उत्पादनमा जोड्ने उद्देश्यले उनिहरुलाई १ दिने कृषि सम्बन्धि स्थलगत तालिम प्रदान गरिएको हो।मानिसले व्यक्तिगत,पारिवारिक,सामाजिक परिवेश तथा अप्रत्यासित कारणले आत्महत्याको बाटो रोज्ने गरेकाले नियन्त्रणका लागि जिल्लाका सरोकारवाला बिच समन्वय गरि समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत उक्त तालिमको आयोजना गरिएको प्रहरी नायब उपरिक्षक इश्वर थापाले बताउनुभयो।पछिल्लो समय जिल्लामा आत्महत्याको दर तीव्र रुपमा बढ्दै गएकोले यसलाई नियन्त्रणका लागि उद्यम तर्फ जोडिन आबश्यक रहेकाले जिल्ला स्थित प्रधानमन्त्री कृषि आधुनिकिकरण  परियोजना कार्यान्वयन इकाई र एकीकृत कृषी तथा पशुपन्क्षी बिकास कार्यालय सङ्ग समन्वय गरि पहिलो चरणमा पुर्ब प्रहरी कर्मचारीहरुलाई शुक्रबार प्युठान नगरपालिका वडा नम्बर २ चितिखोलामा कृषि सम्बन्धि स्थलगत तालिम प्रदान गरिएको आयोजकले जनाएको छ।आत्महत्या डरलाग्दो मनोरोगको परिणाम भएकोले यसको उपचार कुनै औषधिले भन्दा पनि मनोसामाजिक परामर्शबाट मात्रै सम्भव भएकाले  तनाव व्यवस्थापनका लागि सकारात्मक सोचका साथ ब्यस्त हुनुपर्छ जिल्लाबासीको लागि यो फरक र नयाँ कार्यक्रम हो-"प्रहरी नायब उपरीक्षक थापाले भन्नुभयो-,आत्महत्या रोकथाम नियन्त्रणको लागि राज्यका सबै निकायको एकीकृत,संस्थागत र सामुहिक प्रयास आवश्यक छ।"
त्यस्तै कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यान्वयन परियोजना ईकाईका प्रमुख चुमानसिंह गिरी र एकीकृत कृषि तथा पशुपन्क्षी बिकास कार्यालय प्युठानका प्रमुख उमेशचन्द्र श्रेष्ठले कृषि  उत्पादनमा जोडिने पुर्ब प्रहरी कर्मचारीलाई अनुदान र प्राबिधिक सहयोग हुने प्राबधान तथा प्रक्रियाको बारेमा जानकारी गराउनुभएको थियो।पुर्व प्रहरी कर्मचारी संघ प्युठानका अध्यक्ष मोहन सिह बिष्टले १ सय ८८ जना पुर्व प्रहरी कर्मचारी जिल्ला संघमा आबद्ध हुनुभएको जानकारी गराउदै सबै भन्दा धेरै संख्या प्युठान नगरपालिकामा १ सय ३३ रहेको बताउनुभयो।
नेपाल पत्रकार महासघ प्युठानका अध्यक्ष सन्जय रिजालले बिगतमा जिम्मेवारीमा रहनुहुने प्रहरी प्रमुख हरु शान्ति सुरक्षाको क्षेत्रमा मात्र सिमित हुने परिपाटी लाई छिचोलेर आम नागरिकको समस्या बुझ्दै नागरिकलाई उत्पानमुखी क्षेत्रमा समेत जोड्न नयाँ योजना लिने प्रहरी प्रमुखको खुलेर प्रशंसा गर्नुभएको थियो। यस्तो कार्यक्रमले आम नागरिकलाई सुसूचित गर्दै उत्पादनमा जोडिन समेत सहयोग पुग्ने उहाँको भनाई छ।