सीता बि.क
प्युठान,प्रतिनिधि शभा सदस्य सुर्य थापाले स्वास्थ्य बिमा कार्यक्रमलाई थप ब्यबस्थित,प्रभावकारी र विश्वसनीय बनाएर अगाडी लैजानुपर्नेमा जोड दिएका छन् ।
स्वास्थ्य बिमा बोर्ड काठमाडौले बिजुवारमा शनिबार आयोजना गरेको स्वास्थ्य बीमामा जनताको पहुँच अभिवृद्धि गर्न स्थानीय तहको भुमिका बारेमा छलफल तथा अन्तरक्रिया कार्यक्रममा थापाले यस्तो बताएका हुन्।
राजनीतिक परिवर्तनसँगै तीन तहको सरकार बनेको र स्वास्थ्य स्थानीय तहको प्रमुख जिम्मेवारीको रुपमा आएकाले स्थानीय तहले नमूना स्वास्थ्य कार्यक्रम गरेर देखाउनुपर्ने बताए।त्यसको लागि प्रदेश र संघीय सरकारको पनि साथ सहयोग आवश्यक रहेको बताए।
स्वास्थ्य बिमा कार्यक्रमबाट पाउने स्वास्थ्य उपचार पनि गुणस्तरीय बनाएर लैजानुपर्ने बताए।‘कम मूल्यमा गुणस्तरीय स्वास्थ्य उपचार सेवा स्वास्थ्य बिमा कार्यक्रमबाट प्रदान हुनुपर्दछ,’उनले भने,‘यो सेवा जनताको घरदैलामा पुर्याउन जरुरी छ।
जनता सङ्ग प्रत्येक्ष जोडिएको सरकार भनेको स्थानीय सरकार भएकाले यो कार्यक्रमलाई सफल असफल बनाउने भन्ने स्थानीय सरकारको भुमिका बढी भएको सांसद थापाको तर्क छ।
त्यस्तै प्रदेश सभा सदस्य तुल्सिराम शर्माले स्वास्थ्य बिमालाई समानतामा आधारित र सवैको सहज पहुँचको आधारमा विकसित गर्नुपर्ने बताए।
साथै कार्यक्रमलाई सफल बनाउन सबैको सहकार्य आवश्यक पर्ने भन्दै स्वास्थ्य बीमा कार्यक्रम जनमुखी बनाउन सचेतताको कार्यक्रम गाउँ गाउँमा लैजानुपर्ने उनको भनाई छ।प्रदेश सभा सदस्य निमा गिरीले बिमाले जटिल प्रकारका रोगहरुलाई अस्पतालमा सजिलै उपचारमा सहयोगी हुने भएकोले स्वास्थ्य बिमा कार्यक्रमको थप प्रभावकारी बनाउन नीति सन्सोधन गर्न आबस्यक रहेको बताइन् ।
बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले अन्य जिल्लाको तुलनामा प्युठान जिल्ला सन्तोषजनक स्वास्थ्य बिमा कार्यक्रम भएको बताए । नागरिकको उपचारमा स्वास्थ्य बिमा कार्यक्रम सहज तरिकाले स्थानीय स्तरसम्म पुर्याउनुपर्ने उनले बताए । ‘स्वास्थ्य बिमा बाट आएको औषधी कम गुणस्तरको हुने जनगुनासो आउने गरेको छ । यसलाई हामीले चुनौतीको रूपमा हेरेका छौँ,’ उनले भने, ‘अहिले सेवा प्रदायक संस्थालाई दिइने भुक्तानी दर पनि बढेकाले सेवा प्रभाह पनि गुणस्तरीय दिनपर्दछ ।’
हरेक नागरिक अनिवार्य स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध हुनुपर्ने कानुनी ब्यवस्था भएपनि ग्रामीण क्षेत्रमा सचेतना नपुग्दा केही जटिलता भएको छ।उनले भने,”त्यसैको लागि चुस्त दुरुस्त ब्यवस्थापन गर्दै लैजानुपर्ने उनको भनाई छ।
त्यस्तै स्वास्थ्य बिमा बोर्डका सदस्य चन्द्र बहादुर थापाले वार्षिक कार्यक्रम अन्तर्गत प्युठान जिल्लामा पहिलोपटक यो कार्यक्रम गर्न लागिएको बताए ।
आर्थिक वर्ष २०७९/०८० देखि हाल सम्म जिल्लामा १७ हजार ८ सय २६ जना बिरामीले स्वास्थ्य बीमा कार्ड प्रयोग गरेर उपचार सेवा लिएको जिल्ला अस्पताल प्युठानले जनाएको छ।कार्यक्रममा अस्पताल ब्यवस्थापन समितीका अध्यक्ष,जिल्ला समन्वय प्रमुख,उपप्रमुख,नगरपालिका मेयर उपमेयर, गाउँपालिका अध्यक्ष उपाध्यक्ष जिल्ला प्रहरी प्रमुख, सहायक प्रमुख जिल्ला अधिकारी, वडा अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत,पालिकाका स्वास्थ्य शाखा प्रमुख स्थानीय जनता सरोकारवाला पत्रकार लगाएतको उपस्थिति रहेको थियो।अन्तरक्रिया कार्यक्रममा विभिन्न ब्यक्तिहरुले स्वास्थ्य बिमा कार्यक्रमलाई जनमैत्री बनाउन आ-आफ्नो सुझाव दिएका थिए ।
प्रतिक्रिया राख्नुहोस्