सीता बि.क
प्युठान,नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानले आफ्नो २३औं स्थापना दिवस मनाएको छ।
विभिन्न पत्रकारको छाता सङ्गठन प्युठान शाखाले शनिबार विहान जुम्री बजारबाट सुरु भई मित्रमणी चोक सम्म प्रभातफेरी गरि स्थापना दिवश मनाएको हो।
त्यस्तै उक्त अबसरमा नेपाल रेडक्रस कार्यालय बिजुवारमा शाखाका अध्यक्ष सन्जय रिजालले रक्तदान रगत दान गर्नुभएको थियो।
संस्थापक उपाध्यक्ष मेघराज भट्टले धेरै संघर्षको बावजुत २०५८ सालमा स्थापना गरिएको शाखाबाट पछिल्लो समय जिल्लामा धेरै पत्रकारको उदय भएको भन्दै श्रमजीवी पत्रकारको बिचार फरक हुने भएपनी मिसन भने एउटै हुनुपर्ने बताउनुभयो ।
संस्थाका पूर्व अध्यक्ष गिरु प्रसाद भण्डारीले
पत्रकारिता राजनीतिक परिवर्तन र सामाजिक रूपान्तरणको संवाहक भएकाले पत्रकारिताले जिल्लाको समग्र बिकासमा सहयोग पुगेको बताउनुभयो।
पत्रकारितामा अबसर र चुनौती दुबै भएकाले अबिचल्लीत भई पत्रकारलाई निरन्तर कलम चलाउन आग्रह गर्नुभयो ।
पत्रकार महासंघका केन्द्रिय सदस्य सुशील पोख्रेलले पत्रकारको वृत्तिविकासमा राज्यले लगानी गर्न नसकेको र मिडिया संचालकले लगानी गर्न नसकिएको कारण पत्रकारिता क्षेत्र गुणस्तरीय हुन नसकेको बताउनुभयो।
पत्रकारहरुलाई संख्यात्मक भन्दा गुणात्मक पक्षलाई ध्यान दिएर अघि बढ्न उहाँको आग्रह छ।
त्यस्तै जिल्ला शाखा प्यूठानका अध्यक्ष सञ्जय रिजालले बढ्दो डिजिटल पत्रकारिताको प्रचुर बिकास भएकाले कन्टेन्टको क्वालिटी अथवा गुणस्तर पाठकको अपेक्षा अनुरुप हुनुपर्ने बताउनुभयो ।
छोटो समयमै जिल्लामा धेरै संख्यामा मिडियाको बिकास भए पनि पत्रकारहरुले उत्कृष्ट विषयवस्तुहरु ल्याउन नसकेको उनको निष्कर्ष छ।
प्रभातफेरी कार्यक्रमको सन्चालन शाखाका सचिब प्रकाश बैद्दले गर्नुभएको थियो।
प्रतिक्रिया राख्नुहोस्