नेकपा एमाले अध्यक्ष,पुर्व प्रधानमन्त्री केपी ओली प्युठान आउने

नेकपा एमाले अध्यक्ष,पुर्व प्रधानमन्त्री केपी ओली प्युठान आउने

सीता बि.क
प्युठान,नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलि प्युठान  आउनु हुने भएको छ ।

एमालेका प्रभावशालि नेता तथा पोलिट ब्युरो सदस्य सुर्य थापाले यहि असोज १६ गते एमाले अध्यक्ष ओलि प्युठान आउने कार्यक्रम तय भएको जानकारी दीनुभयो । 
नेता थापाका अनुसार नेकपा एमाले प्युठानको आयोजनामा भब्य जनसहभागिता विच हुने कार्यक्रमलाई सम्वोधन गर्न ओलि प्युठान आउन लाग्नु भएको हो।
समसामयिक राजनीतिक घटनाक्रम बारे प्युठाननि जनता माझ सम्वोधन गर्न संसदीय दलका नेता, प्रतिनिधिसभामा विपक्षी दलका नेता एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली यहि असोज १६ गते प्युठान आउनुहुने भएको छ।प्रतीनिधि शभा सदस्य तथा नेकपा एमाले पोलिट ब्युरो सदस्य थापाले भन्नुभयो-"बिहान ११:०० बजे प्युठानीहरूसँग आयुष्मा होटल बिजुवारमा भेटघाट तथा सम्बोधन गर्नुहुनेछ र दिउँसो २:०० बजे बाहनेमा नौबहिनी गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको समुद्घाटन गर्ने कार्यक्रम तय भएको छ,उक्त कार्यक्रमलाई भब्य बनाउने तयारी भइरहेको छ।प्युठानि जनताको लामो प्रतिक्षापछि ओलि प्युठान आउन लागेको भन्दै प्युठान जिल्ला अध्यक्ष बिजय बिराज बिष्टले सो कार्यक्रमलाई ब्यवस्थित र बृहत बनाउन पार्टिका सम्पुर्ण नेता,कार्यकर्ता,जनवर्गिय संगठन लगायत शुभेच्छुक सबैमा आग्रह गर्नु भयो।