प्युठानमा टिपरले ठक्कर दिँदा एक महिलाको मृत्यु 

राम बहादुर बिश्वकर्मा 
प्युठान,झिमरुक नदिमा गिट्टी लोड गर्ने क्रममा टिपरले पैदलयात्रीलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ।

प्युठान नगरपालिका - ७ टिकुरी स्थित नयाँ बसपार्क नजिक शनिबार बिहान लु २ ख ३८८९ नम्बरको टिपरले पैदल यात्री गौमुखी गाउँपालिका वडा नम्बर ७ नारिकोट निवासी अन्दाजी २० बर्षिय गिता बिश्वकर्मालाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
घाइते बिश्वकर्मा लाई उपचारका लागि प्युठान अस्पताल  ल्याइएको र उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका इन्स्पेक्टर सुशील थापा मगर ले जानकारी दिनुभयो।