राम बहादुर बिश्वकर्मा
प्युठान,राष्ट्रिय युवा संघ नेपाल प्युठानको १० औं अधिवेशन सम्पन्न भएको छ।
अधिवेशनले राष्ट्रिय युवा संघ नेपाल प्युठानको अध्यक्षमा बिशेक थापा लगायत अन्य ६३ सदस्यीय कार्यसमिति सर्वसमत रुपमा छनौट गरेको हो ।
युवा संघ नेपालको १० औं अधिबेशन बाट उपाध्यक्षमा महेश पाण्डे,सचिवमा किरण सुनार,उप-सचिवमा- तिलक खड्का,भेषमान थापा र काेषाध्यक्षमा कमल जि.सी. लाई नयाँ नेतृत्व छनौट गरेको छ ।
त्यस्तै सदस्यहरुमा युबराज पुन,तिलक बुढामगर मन्छराम बुढामगर,बिक्रम घर्ती, पुर्ण रावत, हुमेश कुवर लगायत चयन भएका छन्।
नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल प्युठानको १० औं अधिवेशनको अध्यक्षता राष्ट्रिय युवा संघ नेपाल प्युठानका संयोजक बिशेक थापाको अध्यक्षता तथा राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय अध्यक्ष किरण पौडेलको प्रमुख आतिथ्यमा सन्चालन भएको अधिवेशनले राष्ट्रिय युवा संघमा नयाँ नेतृत्व चयन गरेको हो।
राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष एवं एमाले केन्द्रीय सदस्य किरण पौडेलले राष्ट्रिय युवा संघ नेपालले २१ औँ शताब्दीका युवाको भावनाको नेतृत्व गर्न सक्नुपर्ने बताउनुभएको छ।
१० औं जिल्ला अधिवेशनको शनिबार जुम्रीमा उद्घाटन गर्दै पौडेलले राष्ट्रिय युवा संघ नेपाल हरेक क्षेत्रमा रुचि राख्ने युवालाई उनीहरूको रुचि अनुसार संगठनमा समेट्नु पर्ने उहाँले बताउनुभयो ।
राष्ट्रिय युवा संघ नेपाललाई हरेक युवाको आकर्षणको थलो बनाउनु पर्छ, हाम्रो संगठनलाई रहर लाग्दो र भरलाग्दो संगठनको हिसाबले अगाडि बढाउनु पर्छ, होइन भने जिम्मेवारी लिनुको कुनै अर्थ छैन’, उहाँले भन्नुभयो ।
राष्ट्रिय युवा संघ नेपाल अब सीमित युवाको बिचमा मात्र रहन नमिल्ने बताउनुभयो । संगठन प्रत्येक युवाको घर घरमा पुग्नु पर्नेमा उहाँले जोड दिनुभयो।
हाम्रो संगठनलाई रहर लाग्दो र भरलाग्दो संगठनको हिसाबले अगाडि बढाउनु पर्छ, होइन भने जिम्मेवारी लिनुको कुनै अर्थ छैन’, उहाँले भन्नुभयो ।
नयाँ आएका पार्टीले युवाहरुलाई भड्काई रहेको भन्दै नयाँ आएका रंगिचङ्गि दलले अफवाह फैलाएर युवाहरुलाई भड्काउन खोज्दै छन् हामि सचेत हुनुपर्छ” पौडेलले भन्नुभयो। उहाँले अब एक जुट भएर पार्टीलाई सहि दिशामा डोर्याउन लाग्नुपर्ने बताउनुभएको थियो।



प्रतिक्रिया राख्नुहोस्