झिमरुकमा कर्मचारी बैठक : समयमै काम सम्पन्न गर्नुपर्नेमा जोड

झिमरुकमा कर्मचारी बैठक : समयमै काम सम्पन्न गर्नुपर्नेमा जोड


प्युठान,प्युठानको झिमरुक गाउँपालिकाले आफ्नो मातहतमा रहेका कर्मचारीहरु संग महत्त्वपूर्ण बिषयको लागि बैठक गरेको छ । 
आर्थिक वर्ष सकिन ४ महिना मात्रै समय बाकी रहेको अवस्थामा वडा तथा शाखाहरुबाट भएको कार्य प्रगति र गर्नुपर्ने कामको समिक्षा गरिएको हो ।कार्यालयको सबैभन्दा महत्त्वपूर्ण काम र बिषय भनेको आफुले गरेको कामको रिपोर्टिङ र मासिक प्रगति प्रतिबेदन बनाउने र तोकिएको समयमा कार्यालयमा पठाउनुपर्ने भएकोले यस तर्फ कर्मचारीले चनाखो भएर काम गर्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत सुवास रिजालले बताए । 

नियमित प्रगति बनाउदा कार्यालयमा भएगरेको कामको स्पष्ट तथ्यांक आउने र आगामी महिनाको कार्य योजना बनाउन सहज हुने उनको भनाइ थियोे । कार्यालयले नियमित गर्ने कामहरुको मासिक त्रैमासिम वार्षिक रुपमा वडा, बिषयगत शाखा, हुदै प्रमुख प्रशासकीय अधिकृतको टेबुलमा आइपुग्ने गरि नियमित रिपोर्टिङ र मासिक प्रगति पठाउनुपर्ने प्रमुख प्रशासकीय अधिकृत रिजालले बताए ।आर्थिक वर्षमा स्वीकृत योजनालाई सम्पन्न गर्न आवश्यक पहल र चनाखो भएर सबै कर्मचारीले फिल्डमा खटेर काम गर्नुपर्ने उनको भनाइ थियो ।आर्थिक वर्षको लागि करिब ६ सय भौतिक पुर्वाधार निर्माणको योजनामा बजेट बिनियोजन गरेको पालिकाले अहिलेसम्म ६३ योजनाको सम्झौता गर्न बाकी रहेकोले योजना सम्झौताको लागि हामि सबैले युद्धस्तरमा काम गर्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत रिजालले बताए । 

त्यस्तै बैठकमा गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले आर्थिक वर्ष सकिन समय निकै कम भएकोले आफ्नो जिम्मेवारीमा भएका कामहरु सम्पन्न गर्न लाग्नुपर्ने बताए ।
यो आर्थिक वर्षको अन्तिम चौमासिक भएकोले स्वीकृत आयोजना तथा कार्यक्रमको प्रतिफल निकाल्ने गरि काममा हामी सबै मिलेर लाग्नुपर्ने छ। उनले भने, "कर्मचारी,जनप्रतिनिधि र उपभोक्ता समितीले कछुवा गतिलाई खरायो गतिमा हिडाउन लागौं काम सम्पन्न गर्न यो समय काफी भएको बताए।"प्रमुख प्रशासकीय अधिकृत सुवास रिजालको अध्यक्षतामा भएको बैठकमा गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीको प्रमुख आतिथ्यता रहेको थियो ।
बैठकमा वडा सचीव प्राबिधिक पालिका शाखा प्रमुख गाउँपालिका कर्मचारी लगाएको उपस्थिति रहेको थियो ।