प्युठान स्वर्गद्वारी समाज युएइको नयाँ समिति गठन अध्यक्षमा ठगेन्द्र सुनार

प्युठान स्वर्गद्वारी समाज युएइको नयाँ समिति गठन अध्यक्षमा ठगेन्द्र सुनार

राम बहादुर बिश्वकर्मा
प्युठान,संयुक्त अरब(युएई) मा प्युठान स्वर्गद्वारी समाज  युएइको नयाँ कार्यसमिति गठन भएको छ ।
युएईबाट सस्थाका अध्यक्ष भिम सुनार ले दिएको जानकारी अनुसार युएईमा छरिएर रहेका प्युठानि हरुलाई गोलबद्ध गर्दै प्युठान र नेपालीको हितमा काम गर्ने उद्देश्यका साथ २०१७ मा स्थापना भएको प्युठान स्वर्गद्वारी समाज  युएइको नयाँ केन्द्रिय कार्यसमिति गठन भएको हो।साथै स्वदेश तथा विदेशमा रहेका नेपालीलाई समाजिक कार्यमा संलग्न गराउँदै समस्यामा परेका नेपालीहरुको उद्दारमा महत्त्वपूर्ण योगदान पुर्याउदै आएको र आगामी दिनमा गर्नुपर्ने कार्यहरु थुप्रै भएको र त्यो दायित्व पूरा गर्नका लागि समाजमा आबद्ध सबैलाई कटिबद्ध भएर काम गर्न पनि समाजका अध्यक्ष सुनारले आग्रह गर्नुभयो ।
आइतबार  सम्पन्न तेस्रो अधिबेशन बाट ठगेन्द्र सुनार को अध्यक्षतामा १८ सदस्यीय कार्यसमिति गठन गरिएको छ।नवगठित समितिको उपाध्यक्षमा उर्मिला रोका(माण्डवि गाउँपालिका) तिलक  बुढामगर (नौबहिनि गाउँपालिका),महासचिव नरेश पुन मगर (नौबहिनी गाउँपालिका),सचिव राजन बिश्वकर्मा (गौमुखी गाउँपालिका),सह-सचीव सुनिता घिमिरे(माण्डवि गाउँपालिका),कोषाध्यक्ष  शान्तमणी पुलामी (प्युठान नगरपालिका),कोषाध्यक्ष ठाकुर थापा(माण्डवि गाउँपालिका) रहनुभएको छ।त्यसैगरी कार्यसमिति सदस्यहरुमा झसेन्द्र शाह,प्रकाश थापा,लालमणि पच्छयाइ,बिक्रम सुनार,भरत परियार,मैते सुनार,खिमु बिष्ट,उमा पन्ति,मेनुका केसी र चन्द्र सुनार चयन हुनुभएको छ।
सस्थाको संरक्षकमा सस्थापक अध्यक्ष दुजमान सुनार (गौमुखि गाउँपालिका) सल्लाहकारमा ईमान सिंह के.सि: (प्युठान नगरपालिका),हेमन्त घिमिरे( माण्डवि गाउँपालिका),दुर्गा बहादुर सुनार(गौमुखि गाउँपालिका),नारायण आचार्य(ऐरावती गाउँपालिका),जेबी जि.सी (नौबहिनी गाउँपालिका),भिम सुनार(गौमुखी गाउँपालिका) रहेका रहनुभएको छ।
भने समितिको प्रबक्तामा सन्तोष बि क चयन हुनुभएको हो।
आगामी दिनमा यस कार्यसमितिलाई थप विस्तार ससक्त बनाउदै  लगिने पनि नवनिर्वाचित अध्यक्ष सुनारले बताउनुभएको छ। कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष सुनारले आफूमा ठूलो जिम्मेवारी आएको महसुस गरेको र नवगठित समाजलाई युएईमा रहेका प्युठानिहरुको हितमा लगाउने प्रतिबद्धता जाहेर गर्नुभएको छ ।
नेपाली समाज युएईका अध्यक्ष बेद प्रसाद अर्यालको प्रमुख आतिथ्यता तथा सस्थाको अध्यक्ष भिम सुनारको अध्यक्षतामा भएको कार्यक्रममा प्युठान स्वर्गद्वारी समाज  युएईका संस्थापक अध्यक्ष दुजमान सुनार,दाङ्ग देउखुरी समाज युएईको सरक्षक कमल गिरी,जनजाति महासघ युएईका अध्यक्ष बिजयलक्ष्मी राई लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।