लागु औषध रोक्न बालबालिका लागे

सूर्ति जन्य बस्तु विक्री वितरण नगर्न आग्रह

 लागु औषध रोक्न  बालबालिका लागे

दाङ ।  लागु औषध दुव्र्यसनी हटाउन बालबालिका लागेका छन् । घोराही उप–महानगरपालिका वडा नं.१४ मा रहेका सामुदायिक विद्यालय र संस्थागत विद्यालयका विद्यार्थीहरु लागेका हुन । विद्यालय वरपर  लागु औषध र सूर्ती जन्य बस्तुको विक्रि बितरण भरहेको भन्दै त्यसको नियन्त्रण गर्न विद्यार्थीहरु लागेका हुन । घोराही उप–महानगरपालिका वडा नं. १४ मा रहेको प्रावि बालमन्दिर, मावि बालविकास,शुभप्रभात मावि, गोर्खा उच्च मावि, स्टार वोडिङ स्कुल, सनग्लो मन्टेश्वरी ,संस्कार मन्टेश्वरी, मदरसा दारुल हुदा स्कुल, अल्फा मावि,लगाएतका विद्यार्थीरु सहभागिता रहेका थिए । विद्यार्थीहरुले १८ बर्ष मुनिका बालबालिकालाई लागु औषध तथा सूर्ति जन्य बस्तु विक्री वितरण नगर्न आग्रह गरेका थिए ।

यस्तै मदिरा कार्यान्वयन एन २०३१, लागु औषध नियन्त्रण ऐन २०३३ र सूर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने एन  २०६८ कार्यान्वयका बिषयमा जानकारी गराएका थिए । विद्यालय वरपर भएका रेष्टुरेण्ट तथा पसलहरुमा  अनुमति पत्रमा तोकिएको सर्त बमोजिम नै  मदिराको विक्री वितरण गर्न आग्रह गरेका थिए । घोराहीको शुभप्रभात माविबाट सुरु भएको ¥याली प्रावि बालमन्दिर, मावि बालविकास, गोर्खा उच्च मावि, स्टार वोडिङ स्कुल, सनग्लो मन्टेश्वरी ,संस्कार मन्टेश्वरी, मदरसा दारुल हुदा स्कुल, अल्फा माविमा पुगेका थिए ।

त्यस अबसरमा घोराही उप–महानगरपालिका अध्यक्ष शक्तिराम डाँगीले बालबालिकाहरु पछिल्लो समय लागु औषध दुव्र्यसनीमा फसेका  कारण उनिहरुलाई यसबाट मुक्त गरी समृद्ध नेपाल खुशी नेपालीको अभियानमा जुट्न आग्रह गर्नुभयो । कार्यक्रममा गोर्खामाविका प्रिन्सिपल मानशिहं पुन लगाएतले आ–आफ्नो धारणा राख्नु भएको थियो । वडा अध्यक्ष शक्तिराम डाँगीको अध्यक्षतामा भएको कार्यक्रमको संचाललन वडा सदस्य गुलाम रशुलले गर्नु भएको थियो ।