गौमुखिको सार्बजनिक सुनुवाई : स्थानीय सरकारको सेवालाई थप प्रभावकारी बनाउन स्थानीयको सुझाव

गौमुखिको सार्बजनिक सुनुवाई : स्थानीय सरकारको सेवालाई थप प्रभावकारी बनाउन स्थानीयको सुझाव

राम बहादुर बिश्वकर्मा
प्युठान,गौमुखी गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। 
गौमुखि गाउँपालिकाको आयोजना तथा नेपाल पत्रकार महासंघ प्युठानको सहजीकरणमा सेवाग्राहीका समस्याहरुप्रति पालिका र सेवाग्राही बीच सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो।
सार्वजनिक जवाफदेहिता प्रबर्द्धन कार्यक्रम अन्तर्गत गाउँपालिकाका ७ वटै वडाका सेवाग्राहीबिच सेवाग्राहीका समस्या र सुझाब प्रति पालिकाका जिम्मेवार निकायले उठेका प्रश्न र सुझाबको उत्तर दिएका थिए । सुनुवाईमा प्रस्नकर्ता सेवाग्राही र जबाफदेहिता जिम्मेवार प्रमुख प्रसासकिय अधिकृत तथा अध्यक्ष,उपाध्यक्ष रहेका थिए ।विभिन्न क्षेत्रका ब्यक्ति र सेवाग्राहीले विभिन्न शाखा अन्तर्गतका जिम्मेवार ब्यक्ति सँग आफ्ना समस्या र गुणासो गरेका थिए । गौमुखि गाउँपालिकाका अध्यक्ष बिष्णु कुमार गिरीको अध्यक्षतामा सम्पन्न सार्बजनिक सुनुवाइ कार्यक्रमले १२ बुदे प्रतिबद्धता  व्यक्त गर्दै पालिकलाई आर्थिक सुशासन र पारदर्शिताको सवालामा अगाडि लैजान गम्भीर भएर लाग्ने उपाध्यक्ष रानाले बताए। त्यस्तै नेपाल पत्रकार महासंघ प्युठानका अध्यक्ष सन्जय रिजालले स्थानीय तहको काम कारबाही जनमुखि,पारदर्शी र नागरिकप्रति जवाफदेही हुनुपर्ने बताएका छन्। पालिका नागरिकको नजिकको सरकार भएकाले पनि स्थानीय तहको कामकारबाही नागरिकप्रति नै जवाफदेही हुनुपर्ने उनको भनाई छ।गौमुखी गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक महाबिर रानाको स्वागत मन्तब्यबाट सुरु भएको उक्त सार्बजनिक सुनुवाई कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत खुम बहादुर घर्तीले चालु आब २०७९/०८० को हालसम्म भए गरेका कामहरु र सेवा प्रबाहमा गाउँसभाले पारित गरेका निती तथा कार्यक्रमहरु बमोजिम कार्यसम्पादन गरिएका थप योजनाहरुका बारेमा बिस्तृत प्रतिवेदन प्रस्तुत गरेका थिए।भने सार्बजनिक सुनुवाइको सहजीकरण नेपाल पत्रकार महासघ प्युठान शाखाका कोषाध्यक्ष प्रज्वल पहाडिले गरेका थिए ।