नेकपा एमाले प्युठान द्वारा सामाजिक सरोकारका बिषयमा सर्बपक्षिय अन्तरक्रिया 

नेकपा एमाले प्युठान द्वारा सामाजिक सरोकारका बिषयमा  सर्बपक्षिय अन्तरक्रिया 

सीता बि.क
प्युठान,जिल्लाको विकासमा दलहरु एकताबद्ध भएर अगाडी बढ्नुपर्ने बताइएको छ।
नेकपा (एमाले) प्यूठानको आयोजनामा आज विजुवारमा भएको जिल्लाको सार्वजनिक सरोकारका विषयमा सर्वदलिय-सर्वपक्षिय अन्तक्रिया कार्यक्रममा सहभागीले यस्तो बताएका हुन।
नेकपा एमाले प्युठानले अगाडी सारेको जुम्री बसपार्क, प्यूठान अस्पाल,विद्युत सव-स्टेशन, राष्ट्रिय परिचयपत्र, धानबालीमा रोग लगायतका जनतासँग प्रत्यक्ष जोडिएको सवालमा छलफल भएको थियो। छलफलमा सहभागी सरोकारवालाले लामो समयको अन्तरालपछि जिल्लामा यसप्रकारको छलफल शुरु भएको भन्दै खुशी व्यक्त गरेका छन् । उनीहरुले नागरिक समाज संघ संस्थाले यसप्रकारको कार्यक्रम नगरेको अवस्थामा नेकपा एमालेले कार्यक्रम आयोजना गरेर जिल्लाको समस्या समाधान गर्ने वातावरण सृजना हुन थालेको भन्दै एमालेलाई धन्यवाद दिएका छन् ।
कार्यक्रममा नेकपा (एमाले) पोलिटव्यूरो सदस्य तथा प्यूठान जिल्ला इन्चार्ज सूर्य थापाले जनसरोकारको बिषयमा  नेकपा एमाले जिम्मेवार पार्टी  भएकाले जनतासँग जोडिएको विषयमा एमालेले छलफलको शुरुवात गरेको बताए ।जनतामा यस्ता जटिल समस्या रहदा समेत स्थानीय सरकार उदासिन बन्नु दु:खद रहेको भन्दै जनताको सेवा गर्न निर्वाचित जनप्रतिनिधि ध्यान दिनुपर्ने उनको भनाई छ। 
उनले छलफलमा उठेका सवाललाई सम्वोधन गर्न जिल्लादेखि केन्द्रसम्म ध्यानाकर्षण गराउने प्रतिवद्धता समेत  व्यक्त गरे ।जिल्लामा रहेका जनसरोकारका मुद्दा प्रती सरकार उदासिन भएको भन्दै   जिल्लाका  विभिन्न सरोकारवाला बिच यस्तो अन्तरक्रिया आयोजना गरिएको नेकपा एमाले जिल्ला समिति प्युठानका अध्यक्ष बिजय बिराज बिष्टले बताए।
बिष्टले जनतासँग प्रत्यक्ष जोडिएका १२ वटा सवाल प्रस्तुत गरेका थिए । 
कार्यक्रममा झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेल, प्यूठान नगरपालिकाका संस्थापक मेयर अर्जुन कुमार कक्षपति, नेकपा मालेका सचिव तिलविक्रम के.सी.,राप्रपाका कृष्ण कार्की, नेपाल पत्रकार महासंघ प्यूठानका अध्यक्ष सञ्जय रिजाल, विद्युत प्राधिकरणका प्रमुख महेन्द्र दास, एकीकृत कृषि तथा पशुपन्छी कार्यालयका प्रमुख भाष्कर पौडेल, प्यूठान अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट खिम प्रसाद पार्धे, जुम्री बसपार्क व्यवस्थापन समितिका अध्यक्ष प्रकाश सुवदी लगायतले विभिन्न विषयमा आ-आफ्नो धारणा राखेका थिए।