जस्पुरका महिलाहरूलाई च्याउ उत्पादन सम्बन्धि पुर्नताजगी तालिम

जस्पुरका महिलाहरूलाई च्याउ उत्पादन सम्बन्धि पुर्नताजगी तालिम

सिता बि.क
प्युठान,सरुमारानी गाउँपालिका वडा नम्बर ५ जस्पुरमा व्यवसायीक च्याउ उत्पादन सम्बन्धि सीप बिकास  तालिम संचालन गरिएको छ।गरिवि निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम(मेड्पा)अन्तर्गत भईरहेका लघु उद्यमीहरुलाई स्तरउन्नोति गरि व्यवसाय विस्तार तथा गुणस्तरीय च्याउ उत्पादन गर्न दक्ष बनाई आर्थिक रुपमा सक्षम बनाउने उदेश्यले आईतबार देखी दुई दिनको तालिम सुरु गरिएको हो। तालिमको उद्घाटन गर्दै वडा नम्बर ५ का अध्यक्ष लक्ष्मी पल्ली मगरले  तालिम सिकेर मात्र नभएर यसलाई व्यवहारमा लागु गर्न कृषकहरुलाई आग्रह गर्नुभयो।‘कुनै पनि सिप सिकेर मात्र केही हुँदैन यसलाई व्यवहारमा लागु गर्नुपर्दछ।वडा अध्यक्ष पल्ली मगरले भन्नुभयो,-‘च्याउ उत्पादन गर्ने तालिम पश्चात कृषकहरु व्यवसायीक हुन जरुरी छ।यसले आफुमै आत्मनिर्भर बन्ने बाटो पनि बन्ने छ स्थानिय उत्पादनले प्राथमिकता पनि पाउने छ।’तालिममा वडा अध्यक्ष पल्ली मगरले च्याउ उत्पादन गर्न सकेमा आर्यआर्जनको राम्रो श्रोत बन्ने बताउनुभयो। 
दुई दिन सम्म संचालन हुने तालिममको सहजीकरण गाउँपालिकाका कृषि शाखा प्रमुख इश्वर जि सि र कृषि प्राबिधिक तिर्थ शाहिले गर्नुभएको छ।