प्युठान,गौमुखी गाउँपालिकामा नि:शुल्क विशेषज्ञ मानसिक स्वास्थ्य शिविर सप्पन्न भएको छ ।
गौमुखी गाउँपालिकाको आयोजना तथा मानसिक अस्पताल लगनखेल ललितपुरको प्राबिधिक सहयोग र स्वास्थ्य कार्यालय प्युठानको समन्वयमा पुँजा स्वास्थ्य चौकी लिबासेमा शिविर आयोजना गरिएको हो ।
शिविरमा ९५ जनाले सेवा लिएको गाउँपालिकाले जनाएको छ ।शिविरमा मानसिक अस्पताल लगनखेल ललितपुरका निर्देशक डाक्टर अनन्त प्रसाद अधिकारी ,प्यूठान अस्पतालका मेडिकल अधिकृत प्रिया श्रेष्ठ लगायतले बिरामीहरुको चेकजाँच गर्नु भएको थियोे ।
गत बर्षको शिविरबाट गौमुखीका २ जना मानसिक स्वास्थ्य सम्बन्धि बिरामीको मानसिक अस्पताल ललितपुरमा उपचार भइ अहिले बिरामीहरुको अबस्था सामान्य र सुधार भएको पालिकाले जनाएको छ ।
Tags :
सम्बन्धित खवर
प्युठानबाट अख्तियारमा २२ उजुरी दर्ता
१ वर्ष अगाडि
मानिसको लागि पोषण नभई नहुने तत्व: नगर प्रमुख भुसाल
४ वर्ष अगाडि
सामुदायिक वनमा आगजनी : प्युठानमा दुई युवा नियन्त्रणमा
३ महिना अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्