पन्चेबाजा संरक्षणमा जुटेका महिलाहरुलाई समाजसेवी गिरी द्वारा पोशाक सहयोग 

पन्चेबाजा संरक्षणमा जुटेका महिलाहरुलाई समाजसेवी गिरी द्वारा पोशाक सहयोग 

राम बहादुर बिश्वकर्मा
प्युठान,मंसिर महिना पछि आउने पुसमा न विवाह नै हुन्छ न त ब्रतबन्ध। जब लगन नभएको जुन महिनामा जहाँ पन्चेबाजा बज्दा स्थानीयहरू कान ठाडो पार्दै भेला हुन थाले। त्यो अवस्था थियो माघ १ गते अर्थात माघे सक्रान्तिको पुर्ब तयारी जुन दिन प्युठान नगरपालिका ९ स्थित बर्सेनि सास्कृतिक मेला लाग्ने गर्दछ सदागरी जस्तै त्यस स्थानमा  जिल्लाका विभिन्न ठाउँ बाट आएका दर्शक तथा स्थानीय भेला भएको बिचमा पन्चेबाजा घन्किँदा छुट्टै रौनक छायो। लोप हुँदै गएको पन्चेबाजाको तालमा बच्चादेखि वृद्धवृद्धाहरू झुम्मिदा उक्त परिवेश फरक थियो।
बर्सेनि माघे सक्रान्तिको अबसरमा स्थानीयको सकृयतामा प्युठान नगरपालिका वडा नम्बर ९ स्थित पाखाचितिमा रहेको प्रसिद्ध बाइसधारा बुलबुले मुलमा लाग्ने विविध सास्कृतिक कार्यक्रममा यस्तो रौनक छाएको हो।
देशका आमनागरिकले आफ्नो संस्कृतिको विकास होस्,सबैसामु चिनियोस् र संरक्षण पनि होस भन्ने चाहेको पनि हुन्छ।विभिन्न कारण र समस्याले त्यो सपना पूरा नभएको पनि देखिन्छ।समुदायमा अलि चनाखो व्यक्ति र पहुँच भएको व्यक्ति भए आफ्नो धर्म,संस्कृतिलाई पर्यटकीय विकासको रूपमा लैजान सक्छ भने नहुनेको संस्कृति जगेर्नामा समेत समस्या भइरहेको हुन्छ।
यसैबीच परम्परागत सस्कृतिलाई संरक्षण गर्न अग्रसर भएका महिलाको प्रशंसा गर्दै समाजसेवी शिवा गिरीले पन्चेबाजा बजाउने ७ जनाको महिला  समुहलाई पोशाक प्रदान गर्नुभएको छ।

तस्बिर:पोशाक हस्तान्तरण समाजसेवी शिवा गिरी

साथै उहाँले असिनपसिन भएर पुरुषले जस्तै बाजा बजाउँदै नाँचेका महिलाको प्रशंसा समेत गर्नुभएको थियो । ‘महिला पनि कुनै काममा कम छैनन् भन्ने यो एउटा गतिलो उदाहरण हो,’कार्यक्रममा दर्शकको रुपमा सहभागी हुन आएकी स्थानीय समाजसेवी  गिरीले भन्नुभयो,‘यो चेतना र महिलाको जागरुकता प्रशंसा गर्न लायक छ।’लोकबाजा,लोकसंस्कृतिका धरोहर र पन्चेबाजालाई संरक्षण गर्न अझै पनि हाम्रो समाजमा चेतना फैलिएको छैन्। पन्चेबाजा संरक्षण गर्न महिलाहरु कस्सिएको देख्दा खुशी लागेको छ।"
आफ्नो सानो सहयोगले महिला दिदिबहिनीलाई थप हौसला र प्रोत्साहन मिल्ने र यस्ता गतिविधिले धर्म,संस्कृतिलाई जोडेर आयआर्जनको बाटो र स्वरोजगार पनि सृजना हुने उहाँको भनाई छ।

तस्बिर: बाजा बजाउन यसरी सरिक हुन्छन् प्युठान नगरपालिका प्युठान नगरपालिका वडा नम्बर ९ बेवरेका महिलाहरू 

विभिन्न सीप बिकास तालिम प्रदान गरि युवालाई स्वरोजगार बनाई आत्मनिर्भर बनाउने उद्देश्यले आफ्नो कार्यकालमा विभिन्न बाजा खरिद गरिएको र त्यतिबेला कोभिड-१९ को कारणले तालिम सन्चालन हुन नसकको प्युठान नगरपालिका वडा नम्बर ९ का सस्थापक अध्यक्ष नेहरसिह के सि ले बताउनुभयो।
बाजा बजाएरै जीविकोपार्जनमा सघाउ पुर्‍याउन सके यो बाजा कालान्तरसम्म रहिरहनेछ।’के सि ले भन्नुभयो -"आफ्नो कार्यकालमा सुरुवात गरेको योजनालाई बर्तमान वडा अध्यक्षले निरन्तरता दिएकोमा खुशी छु,धर्म,संस्कृति र परम्परामा समस्या आइरहेको सन्दर्भमा यसको संरक्षण थालिनु सकारात्मक छ।आफूसँग भएको सीप क्षमता र वस्तु परिचालन गरेर नै आर्थिक विकास गर्ने हो।अहिले हामीसँग भएको वस्तु र सम्पत्ति भनेको संस्कृति हो।कल्चरलाई सहीरूपमा सदुपयोग र व्यवस्थापन गर्नसके मात्र संस्कृति संरक्षण हुन्छ।"

लोकप्रिय पन्चेबाजाको संरक्षण र सम्बर्द्धनका लागि राज्यले कुनै पहल नगर्दा यो बाजा लोपोन्मुख बन्दै गएकाले वडाले महिलाको सीप बिकासका लागि यस्तो तालिम प्रदान गराएको प्युठान नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष बिकास के सि ले बताउनुभयो।
तालिम पश्चात् यस क्षत्रका महिलाहरु समाजमा हुने विवाह,व्रतबन्ध,मेला,देउली लगायतका शुभ कार्यमा पञ्चेबाजा बजाउदै आएपनी पछिल्लो समय पन्चेबाजाको प्रयोग हट्दै गएको र बाजा बजाउने समुदायले समेत आफ्नो पेशा परिवर्तन गरेको अबस्थामा यहिले यहाँका महिलाको आय आर्जनमा समेत सहयोग पुगेको उहाँ बताउनुहुन्छ।नेपाली लोकबाजा विभिन्न लोकभाका र लयमा सजिलै बजाउन सकिने नेपाली कला संस्कृतिको पहिचानसँग जोडिएका माध्यम हुन्। यस्ता लोकबाजाको संरक्षण र प्रवर्धन गर्नु आम नेपालीको साझा दायित्व हो। नयाँपुस्ता यसतर्फ आकर्षित हुन नसकेका तथा युवापुस्ताको पन्चेबाजाप्रति कम आकर्षण र विदेशी बाजाको बढ्दो प्रयोगले कालान्तरमा पन्चेबाजा लोप नहोला भन्न सकिन्न।
परम्परागत शैली,भाषा,धर्म रितितिथिको इतिहासलाई बचाई राख्नु सम्बन्धित समुदायको मात्रै हैन राज्यको पनि कर्तव्य रहन्छ।अहिले नेपालमा धेरै जातजातिहरूले संस्कृतिमा विचलन आइरहेको अवस्थामा संरक्षणका लागि हुने यस्ता प्रयासले सकारात्मक प्रभाव पार्ने देखिन्छ।