चाडवार्डमा विपन्न वर्गलाई सहयोग गरौं : नगर प्रवक्ता श्रेष्ठ 

सीता बि.क
प्युठान,बिपन्न परिवारका लागि न्यानो कार्यक्रम अन्तर्गत बिपन्न परिवारलाइ ब्ल्याङकेट हस्तान्तरण गरिको छ।
चिसो मौषम बढे सङ्गै दैनिक ज्याला मजदुरी गरेर जीवन धान्नेहरुलाई सुत्न सहज होस् भन्ने उद्देश्यले प्युठान नगरपालिका-वडा नम्बर ३ को आयोजनामा उक्त वडाका बिपन्न परिबारलाई ब्ल्याङकेट हस्तान्तरण गरिएको हो।

कार्यक्रममा गरिब तथा बिपन्न परिवारलाई वडा अध्यक्ष सुमन श्रेष्ठले ब्ल्याङकेट हस्तान्तरण गर्नुभएको थियो।तिहार मौलिकता बोकेको चाडपर्व भएको बताउँदै  श्रेष्ठले एकआपसमा सद्भाव रहने गरेर पर्व मनाउनु पर्ने बताउनुभयो।“पछिल्लो समय चाडपर्वलाई भड्किलो रुपमा मनाउने प्रचलन बढीरहेको छ,“केही विकृतिहरु पनि बढीरहेका छन्। उहाँले भन्नुभयो -" हामीले आ-आफ्नो तर्फबाट सभ्य नागरिकको परिचय दिदै चाडपर्वलाई मौलिकता जोगाउने र एकआपसमा सद्भाव बाड्ने पर्वका रुपमा मनाउनु पर्छ। भड्किलो खर्चलाई रोकेर आ-आफ्नो टोलमा रहेका विपन्न वर्गलाई सहयोग गर्न सकियो भने सबैको घरमा चाडबाड छाउने छ।”नगर प्रवक्ता समेत रहेका श्रेष्ठले नगरबासी लागायत सम्पूर्ण नेपालीहरुलाई शुभकामना व्यक्त गर्दै संस्कृति,मौलिकता जोगाउदै मानवीय सद्भाव कायम रहने गरेर चाडपर्व मनाउनु पर्नेमा जोड दिदै तिहारमा हुनसक्ने सम्भावित घटनाबाट सचेत रहन अनुरोध गर्नुभएको छ।