राम बहादुर बिश्वकर्मा
प्युठान,१२ वटा स्वास्थ्य चौकी रहेको प्युठान नगरपालिका अन्तर्गत ०७८।७९ मा स्वास्थ्य चौकी मरन्ठाना उत्कृष्ट ठहरिएको छ।
वर्षभरि स्वास्थ्य चौकीले गर्नुपर्ने काम र दिनुपर्ने सेवाका आधारमा बनाइएको सूचकका आधारमा मूल्यांकन गर्दा सो स्वास्थ्य चौकी उत्कृष्ट भएको हो।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गोबिन्द घिमिरेले स्वास्थ्य चौकीबाट प्रवाह हुनुपर्ने सेवा,कार्यालय व्यवस्थापन,सेवाग्राहीलाई दिने सेवा,समय व्यवस्थापन,कार्यालयमा राख्नुपर्ने विवरण व्यवस्थापनमा मरन्ठाना स्वास्थ्य चौकी वडा नम्बर ९ ले गरेका कामका आधारमा उत्कृष्ट ठहरिएको बताउनुभयो।
खोपको मात्रा पूरा गरेको,पोषणमा सुधार गरेको,परिवार नियोजन,गर्भवती सेवा,क्षयरोगविरुद्धको सेवालगायतको मापनका आधारमा उत्कृष्ट स्वास्थ्यसंस्था छनोट गरेर पुरस्कृत गरिएको प्युठान नगरपालिकाका स्वास्थ्य प्रमुख घिमिरेले बताउनुभयो।
स्वास्थ्य सुचकको आधारमा स्वास्थ्य चौकि छनौट र कार्य सम्पादनको आधारमा उत्कृष्ठ कर्मचारि समेत छनौट गरिएको हो, उहाँले भन्नुभयो,“स्वास्थ्यकर्मिमा हौसला मिलि स्वास्थ्य सेवामा गुणस्तर हुन यसले सहयोग गर्नेछ ।”
नगरपालिका अन्तर्गतका १२ वटा स्वास्थ्य चौकी रहेको नगरपालिकामा विभिन्न सुचकको आधारमा छनोट भएको बताउँदै उहाँले नगरपालिकामा मरन्ठाना स्वास्थ्य चौकी उत्कृष्ट भएको बताउनुभयो।एक कार्यक्रम बिच उत्कृष्ट हुने मरन्ठाना स्वास्थ्य चौकीका इन्चार्ज रन्जना के सि लाई दोसल्ला ओडाई सम्मान पत्र प्रदान गरिएको हो।
कार्यक्रममा सर्वोत्कृष्ट स्वास्थ्य चौकीको सम्मान पाउन सफल मरन्ठाना स्वास्थ्य चौकी इन्चार्ज रन्जना के सि ले टिम वर्क र समुदायको साथ,सहयोग वडा कार्यालय सिङ्गो नगरपालिकाको साथ सहयोग ले स्वास्थ्य चौकी सर्वोत्कृष्ट भएको बताउनुभयो।
चौकीका इन्चार्ज के सि ले सम्मानले काम गर्ने थप हौसला बढाएको र आगामी दिनमा अझै राम्रा र स्तरीय काम गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको छ।
सो स्वास्थ्य चौकीमा १ जना स्वास्थ्य निरीक्षक,२ जना सिअ ,१ जना सिअहेब, १ जना र १ जना अहेब र १ जना कार्यालय सहगी गरि जम्मा ७ जना महिलाकर्मिले सेवा दिँदै आउनुभएको छ।
त्यस्तै कार्यसम्पादन मुल्यांकनको आधारमा उक्त सस्था बाट सिअहेब शान्ता बस्नेत प्रथम,सापडाडा स्वास्थ्य चौकीका सिअहेब किस्मतमान श्रेष्ठ दितिय र माझकोट स्वास्थ्य चौकीका अनमि अमृता थापा तेस्रो हुनुभएको छ।प्रथम,दितिय र तृतीय हुने स्वास्थ्यकर्मी लाई दोसल्ला,करुवा र प्रमाणपत्रले सम्मान गरिएको स्वास्थ्य शाखाले जनाएको छ।
सम्मान कार्यक्रममा बोल्दै नगर प्रमुख बिष्णु योगीले नगरपालिका प्रतिको सकारात्मक धारणा निर्माणमा समेत कर्मचारिको महत्वपुर्ण भुमिका हुने बताउदै नागरिक मैत्रि सेवा प्रवाहलाई जोड दिन अाग्रह गर्नुभयो।“हामीले नीति तथा कार्यक्रममै स्वास्थ्य क्षेत्रलाई प्राथमिकताका साथ अगाडि बढाएका छौ,उहाँले भन्नुभयो,"नगरले स्वास्थ्य क्षेत्रमा उल्लेख्य कार्य गर्दै आएकाले नगरपालिका उत्कृष्ट हुन थप सहयोग पुगेको हो।”
प्रतिक्रिया राख्नुहोस्