फरार प्रतिवादी अन्तत : पक्राउ,सवारी ज्यान मुद्दामा प्युठान प्रहरीको सफलता

फरार प्रतिवादी अन्तत : पक्राउ,सवारी ज्यान मुद्दामा प्युठान प्रहरीको सफलता

राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठानमा ट्याक्टर दुर्घटनासम्बन्धी सवारी ज्यान मुद्दाका प्रतिवादी अन्ततः प्रहरीको नियन्त्रणमा आएका छन्।२०८१ साल भदौ १४ गते साँझ करिब ६:२० बजे गौमुखी गाउँपालिका–७ रातामाटामा भएको दुर्घटनामा १९ वर्षीय सह-चालक बिरेन्द्र बोहोराको दुःखद मृत्यु भएको थियो। उक्त ट्याक्टर २० वर्षीय रिसु कुँवरले चलाएका थिए, घटना लगत्तै उनी फरार भएका थिए।
अनुसन्धान अगाडि बढ्दै जाँदा चालकसँग सवारी चालक अनुमति पत्र (लाइसेन्स) नै नभएको गम्भीर तथ्य खुलेपछि प्रहरीले घटनालाई थप गम्भीरताका साथ लिएको थियो। सोही क्रममा सवारी धनी झिमरुक गाउँपालिका–८ टिमुरचौरका ४४ वर्षीय केशु गिरीको नाममा सम्मानित प्युठान जिल्ला अदालतबाट पक्राउ अनुमति जारी गरिएको थियो।
विशेष प्रहरी टोलीले व्यापक खोजतलास सञ्चालन गर्दै मिति २०८२ साल चैत २४ गते साँझ करिब ७ बजे गिरीलाई पक्राउ गर्न सफल भएको हो। पक्राउपछि उनलाई अदालतबाट ५ दिनको म्याद थप गरी सवारी ज्यान सम्बन्धी कसूरमा गहिरो अनुसन्धान अघि बढाइएको छ।
जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार दुर्घटनामा संलग्न सवारी साधन,चालकको लापरबाही तथा कानुनी प्रक्रिया सम्बन्धी विषयमा विस्तृत अनुसन्धान जारी रहेको छ। दुर्घटनापछि फरार हुने र बिना लाइसेन्स सवारी चलाउने कार्यले गम्भीर कानुनी परिणाम निम्त्याउने भएकाले सबैलाई सचेत रहन आग्रह गरिएको छ।