बिपन्नलाई न्यानो दिन समाजसेवी "सन्तोष कुँवर"गाउँबस्तिमा

भरत आचार्य 
प्युठान,प्युठानका एक युवा सन्तोष कुँवर यति बेला गाउँका विपन्न तथा गरीब दुःखी नागरिकलाई न्यानो दिने अभियानमा छन्। 
गौमुखी गाउँपालिका ७ स्थित नारीकोटमा जन्मिएका समाजसेवी तथा रोटरी क्लव अध्यक्ष समेत रहेका कुवरले प्युठानको अत्यन्तै चिसो क्षेत्र गौमुखीका विपन्न,अपांग,असहाय बेसाहारा र एकल महिलालाई न्यानो कपडा दिने अभियानको थालनी गरेका हुन । कुवरले ६० नाघिसकेका बृद्ध बा आमाको चाउरी परेको अनुहार र बेसारा नागरिकको मुहारमा खुसी फर्काउदैछन । उनले उनीहरुलाई न्यानो कपडा मात्रै बितरण गरेका छैनन। उनिहरुलाई मिठोे बोलीभाषा,माया अनि सम्मान,गर्दै हौसला प्रदान गरेका छन। कुवरले गरेका बोली व्यवहार र न्यायो मायाले बिपन्न यहाँका बिपन्न परिबार हर्षित बनेका छन।कठ्याङृदो जाडो संगै न्यानो कपडाको अभावमा कष्टकर जीवन बिताउन बाध्य रहेका बिपन्न परिबारले एका एक नयाँ बल्यान्केट र कम्बल पाउँदा यहाँका स्थानिय खुसीले मख्ख भएका हुन।
अभियानको पहिलो चरणमा गौमुखी गाउँपालिकाको दुर्गम बस्ती स्तरमा पुगि २० थान सिरक तथा बलान्केट बितरण गरेका छन्। 
रोटरी क्लब काठमाण्डौको सहकार्यमा विपन्नलाई न्यानो कपडा बितरण गरिएको कुवरले बताए ।
कुवरका अनुसार गौमुखी गाउँपालिकाको पूजा ४ मस्थथानमा १० जना,लिबाङ १० जना रहेको छ। भोलि बुधबार खुङमा १० जना र नरिकोटमा १२ जनालाई  वितरण गरी पहिलो चरणको कार्यक्रममा ४२ जनालाई सिरक बितरण गरिने र बाँकी ३८ जनालाई दोस्रो चरणमा अन्य बस्ती स्तरमा  वितरण गरिनेछ। 

तस्बिर:वृद्ध आमालाई न्यानो कपडा प्रदान गर्दै सन्तोष कुवर


चिसोपीडित मरिच मान मगर (आग्री) ले जाडोमा सिरक बल्यान्केट पाउँदा धेरै खुशी लागेको बताए। न्यानो कपडाको अभावमा ज्यानै जोगाउन हम्मे भएको थियो,मगरले भने,आफूले किनेर ओढ्ने अवस्था नभएको बेला न्यानो कपडा सहयोग पाउंदा धेरै नै खुशी लागेको छ । मगरले विपद पर्दा सहयोग गर्नुहुने कुवर हाम्रा लागि भगवान नै भएको भन्दै धन्यवाद समेत व्यक्त गरे ।
कुवरले चिसोबाट बच्न झोलिलो खानेकुरा खान, उमालेको पानी पिउन सबै लाई सुझाजव दिएका छन।न्यानो कम्बल वितरण गर्दै गाउगाउमा पुगेका उनले बिपन्न गाउँबासिलाई चिसोबाट सुरक्षित रहन र आफ्नो स्वाथ्यको ख्याल गर्न अनुरोध गरेका छन। उनले भने,तपाईको साथमा रोटरी क्लब छ।धर्म गर्छु भनेर मन्दिर धाउनु पर्दैन।बेसाहराको बृद्धहरुको मुहारमा खुसी ल्याय पुग्छ।चिसोबढे संगै जिल्ला गाउँले युवाको सहजीकरणमा वितरण गरेको न्यानो कम्बल र सिरक पाएपछी बिपन्न परिबार खुसी छन् ।पुस महिनाको कठ्याङ्रीदो जाडोमा मानवियता देखाउदै एक युवाले थालनी गरेको कार्य प्रती खुशिको सिमा नै नरहेको जानकार बताउछन्।