जनताले एमाले चाहेका छन् ; उपाध्यक्ष पोख्रेल


शोभाखर पन्थी
अर्घाखाँची/मंसिर-१६
नेकपा एमाले सन्धिखर्क- १ वडा कमिटीको दोस्रो वडा अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । अधिवेशनले लेखनाथ भण्डारीको अध्यक्षतामा १९ सदस्यीय वडा कमिटीको सर्वसम्मत चयन गरेको छ । 
निर्वाचित अध्यक्ष भण्डारी यस अघि सचिव हुनुहुन्थ्यो । विद्यार्थीकाल देखि राजनीति गर्दै आउनु भएका उहाँ सफल व्यवसायी समेत हुनुहुन्छ ।
अधिवेशनले उपाध्यक्षमा शकुन्तला भुसाल अधिकारी,सचिब दिनामणी पराजुली र उपसचिब द्वयमा सुरज क्षेत्री र कमला पौडेललाई निर्वाचित गरेको छ ।
यसैगरी सदस्यमा टानप्रसाद भुसाल,मधु रायमाझी,ऋषिकेश भट्टराई,भुपेन्द्र कुमाल,घनश्याम भुसाल,लक्ष्मी परियार,सीता नेपाली,कमल अधिकारी,बीरबहादुर जि.एम.,गंगा मुखिया,सीमा भुसाल,मित्रलाल कुवर,टिकाराम खनाल,तिलक पराजुली,गोपाल श्रेष्ठ  रहनुभएको छ ।
अधिवेसनको उद्घाटन गर्दै नेकपा एमालेका जिल्ला उपाध्यक्ष शम्भुप्रसाद पोख्रेलले जनताको रोजाईको पहिलो पार्टी नेकपा एमाले भएको बताउनु भएको छ। उहाँले जनतामा नेकपा एमाले प्रतिको विश्वास थप सुदृढ भएको भन्दै आगामी निर्वाचनमा कुनै तागतले हराउन नसक्ने वताउनु भयो ।
उहाँले समृद्ध नेपाल र सुखी नेपालीको  नारालाई साकार पार्ने सामर्थ्य केवल नेकपा एमाले सँग मात्र भएको बताउनु भयो । पोख्रेलले राष्ट्रिय स्वाधिनता,विकास र समृद्धि नेकपा एमाले बाट मात्र संभव भएकोले आगामी निर्वाचनमा एमालेलाई कम्तिमा एकल बहुमतको सरकार बनाउनेगरी जनताले जिताएर पठाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले अरु पार्टीले २५/३० बर्षमा गर्न नसकेकोकाम नेकपा एमालेले २/४ बर्षमै पुरा गर्ने बताउनुभयो ।
नेकपा एमाले सन्धिखर्क-१ वडा कमिटीका अध्यक्ष खेतुलाल आचार्यको अध्यक्षता,उरोजा वस्यालको स्वागत मन्तव्य र सचिव लेखनाथ भण्डारीको संचालनमा सम्पन्न कार्यक्रममा एमाले नेता शिद्धिप्रसाद भुसाल,हिमबहादुर जि.सी.लेकाली,लक्ष्मण पराजुली,विष्णु परियार,कमला खनाल भण्डारी,सुमित्रा मुखिया,वावुराम पन्थी,नारायण बि.सी.,प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश समितिका अध्यक्ष शोभाखर पन्थी लगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा महिला नेतृ दीपा आचार्य,आसा परियारको समेत उपस्थिति रहेको थियो ।