गरिबि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम(मेड्पा)द्वारा एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

गरिबि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम(मेड्पा)द्वारा एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

सीता बि.क
प्युठान,प्युठान नगरपालिका अन्तर्गत गरिबी निवारणका लागि लघु उद्मम विकास कार्यक्रम (मेड्पा) को वडा स्तरिय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। 
गरिब विपन्न र सिमान्तकृत समुदायका महिलाहरुलाई लघुउद्यम मार्फत रोजगारी शिर्जना गर्ने उदेश्यले संचालित कार्यक्रम चालू आर्थिक बर्षमा छनोट भएको वडा नम्बर ६ मा अभिमुखिकरण सम्पन्न भएको हो। 
गरिबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम सन्चालनका लागि छनोट भएको वडाका जनप्रतिनिधि,नागरिक समाज लगाएत कार्यक्रम सङ्ग प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सरोकार राख्ने सबैलाई कार्यक्रमको बारेमा बिस्तृत जानकारी गराउन अभिमुखी कार्यक्रम गरिएको प्युठान नगरपालिकाकि उद्यम बिकास सहजकर्ता शारदा बिश्वकर्माले बताउनुभयो । अभिमुखिकरण कार्यक्रम पश्चात् कार्यक्रम कार्यन्वयनमा सहजता आउनका साथै सरोकारवालाहरुलाई कार्यक्रमको बारेमा अवगत हुने भएकाले अभिमुखिकरण गरिएको समेत उद्यम बिकास सहजकर्ता बिश्वकर्माले जानकारी दिनुभयो।
कार्यक्रममा मेड मोडल,कार्यान्वयन प्रकृया,मागमा आधारित रणनीति,कार्यक्रमको उपलब्धि,लक्षित वर्ग,मागमा आधारित रणनीति,कार्यक्रमको लक्ष,उद्देश्य आदि विषयमा बिश्वकर्माले प्रस्तुतीकरण गर्नुभएको थियो।
वडा न. ६ का वडा अध्यक्ष नरेन्द्र बहादुर पुनको अध्यक्षता बाट सुरु भएको कार्यक्रमको उद्घाटन प्युठान नगरपालिकाका नगर प्रमुख बिष्णु योगिले गर्नुभएको हो।
कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख योगिले लघु घरेलु तथा साना उद्योग विकास अहिलेकाे आवश्यकता रहेकाे बताउनुभयो।योगिले लघु घरेलु तथा साना उद्योग विकाससँगै दिगाे आर्थिक विकास हुने र उद्यमीको आम्दानीमा परिवर्तन हुने धारणा व्यक्त गर्दै कार्यक्रमको विभिन्न चरणमा छनोट भई आउनेले सिकेकाे सिपलाई व्वहारमा लागू गर्दा कम लगानिमा घरेलु उद्योग संचालन गर्न सकिने र त्यसरि उद्योग गर्न चाहनेका लागि नगरपालिकाले सहयाेग गर्ने बताउनुभयो।त्यस्तै उप प्रमुख देवेन्द्र वर्माले हरेक काम गर्दा परिणाममुखी हुनुपर्ने बताउनुभयो।
अब हामी ठूला ठूला कुरा मात्रै होइन,परिणाममुखी कार्य गर्दै अघि बढ्नुपर्छ । परिणाम नै आजको आवश्यकता हो ।’उहाँले भन्नुभयो त्यस्तै नगर प्रवक्ता सुमन श्रेष्ठले यसै बितेर जाने समयमा सीप सिकेर आत्मनिर्भर हुने,आयआर्जन गर्ने र स्वरोजगार हुने अवसरलाई सदुपयोग गरेर उद्यमशील बन्ने बाटो समाउन आग्रह गर्नुभयो।त्यसैगरि नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद भण्डारीले गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमबाट नगरपालिकामा नयाँ उद्यमी सृजनाका कार्यक्रम निकै प्रभावकारि हुने बताउनुभयो । उद्घमशिला बिकास, सीप बिकास सङ्गै कार्यक्रमले ससक्तिकरणको पाटोमा समेत कार्य गर्दै आएको बताउनुभयो । 
कार्यक्रमको सञ्चालन आर्थिक बिकास शाखा प्रमुख चन्द्र जि सि ले गर्नुभएको थियो।