सीता बि.क
प्युठान,खलंगा प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत चिकित्सक तथा डियुटीमा खटिएका स्वास्थ्यकर्मीहरुलाई अभद्र व्यबहार गर्नेलाई कारबाहीको माग गर्दै भत्सर्ना गरिएको छ ।
भाद्र २० गतेको Sancharhub Online TV HD बाट प्रशारित "प्युठान छड्के" नामक कार्यक्रममा खलंगा प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत चिकित्सक तथा डियुटीमा खटिएकास्वास्थ्यकर्मीहरुलाई जोडेर उक्त कार्यक्रमका प्रस्तोता जीवन हमाल नाम गरेका व्यक्तिले यस स्वास्थ्य संस्थामा डियुटीमा खटिएर काम गरिरहेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि आक्रामक तथा धम्किपुर्ण शैलीमा केहि सेवन गरेको हो भन्ने जस्ता लाञ्छनिक शब्दावलीहरु समेत प्रयोग गरिएको भिडियो सामाग्री सार्बजनिक गरि चरीत्र हत्या तथा दुव्यवहार गर्नेलाई कारबाही गर्न माग गरेको हो।
तस्बिर: दोषिलाई कार्बाहिको माग गर्दै खलङ्गा प्राथमिक स्वास्थ्य केन्द्रले जिल्ला प्रसाशनलाई प्रदान गरिएको ध्यानाकर्षण पत्र
प्राथमिक स्वास्थ्य केन्द्रका कार्यालय प्रमुख डा: सुवास पौडेल र ब्यबस्थापन समितिका अध्यक्ष कुमार श्रेष्ठ द्वारा जारी विज्ञप्तिमा अहोरात्र विरामीको संवेदनशिल सेवामा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई कुनै तयारी विना सोधिएका असान्दर्भिक प्रश्नहरुको जवाफ दिन नसक्दा पत्रकारिताको नाममा माइक र क्यामेराको गलत प्रयोग गरी कर्मचारी माथि गरिएका मानमर्दन अस्वाभाविक र अतिरञ्जित रुपमा गरिएको दुव्र्यवहारप्रति कार्यालयले खेद व्यक्त गरेको छ।साथै दोषिमाथि कानूनी कारवाही गर्न कार्यालयले माग गर्दै चिकित्सक तथा स्वास्थ्यकर्मीहरु विरामीहरुको सेवामा समर्पित हुन समेत असुरक्षित महसुस गरिएको हुँदा राष्ट्रसेवक स्वास्थ्यकर्मीहरुको सुरक्षाको प्रत्याभुति गराउनुको साथै मानसिक एवं भौतिक रुपमा सुरक्षित महशुस गरी भय रहित वातावरणमा विरामीहरुको सेवा गर्ने वातावरण निर्माणका लागि संवेदनशिल हुन स्थानीय सरकार तथा जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गरेको छ ।
खलङ्गा प्राथमिक स्वास्थ्य केन्द्रले निकालेको विज्ञप्तीमा भनिएको छ,"मिति २०८१/०५/२० गतेको Sancharhub Online TV HD बाट प्रशारित "प्युठान छड्के"नामक कार्यक्रममा खलंगा प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत चिकित्सक तथा डियुटीमा खटिएका स्वास्थ्यकर्मीहरुलाई जोडेर प्रशारित भिडियो सामाग्री प्रति यस कार्यालयको गम्भिर ध्यानाकर्षण भएको छ।उक्त कार्यक्रमका प्रस्तोता जीवन हमाल नाम गरेका व्यक्तिले यस स्वास्थ्य संस्थामा डियुटीमा खटिएर काम गरिरहेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि आक्रामक तथा धम्किपुर्ण शैलीमा केहि सेवन गरेको हो भन्ने जस्ता लाञ्छनिक शब्दावलीहरु समेत प्रयोग गरी देखाएको अभद्र व्यवहारको यस कार्यालय घोर निन्दा गर्दछ।अहोरात्र विरामीको संवेदनशिल सेवामा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई कुनै तयारी विना सोधिएका असान्दर्भिक प्रश्नहरुको जवाफ दिन नसक्दा पत्रकारिताको नाममा माइक र क्यामेराको गलत प्रयोग गरी कर्मचारी माथि गरिएका मानमर्दन तथा अभद्र व्यवहार प्रति यस कार्यालयले घोर भत्सर्ना गर्दछ।स्वास्थ्य संस्था जस्तो संवेदनशिल क्षेत्रमा स्वास्थ्य सेवालाई नै प्रभावित पार्ने गरी चिकित्सक तथा स्वास्थ्यकर्मी वा व्यवस्थापन समितिका कुनै पदाधिकारीको अनुमति बिना सवेदनशिल कक्षहरुमा प्रवेश गर्ने प्रयास गरि असान्दर्भिक प्रश्नहरु गर्दै व्यक्तिगत एवं स्वास्थ्य संस्थाको चरित्र हत्या गर्न सम्म पछि नपर्ने यस प्रकारका संचारकर्मीको निन्दनिय व्यवहारले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको व्यक्तित्वमा मात्र असर नपरी सम्पूर्ण स्वास्थ्य संस्थाहरुको वातावरणमा नै खलल पुगेको छ। यस्ता कार्यले चिकित्सक तथा स्वास्थ्यकर्मीहरु विरामीहरुको सेवामा समर्पित हुन समेत असुरक्षित महसुस गरिएको हुँदा राष्ट्रसेवक स्वास्थ्यकर्मीहरुको सुरक्षाको प्रत्याभुति गराउनुको साथै मानसिक एवं भौतिक रुपमा सुरक्षित महशुस गरी भय रहित वातावरणमा विरामीहरुको सेवा गर्ने वातावरण निर्माणका लागि संवेदनशिल हुन सबैमा सबैमा अपिल गर्दै यस घटनामा संलग्न व्यक्तिलाई कारवाहीका लागि सम्वन्धित स्थानीय सरकार तथा जिल्ला प्रशासन कार्यालयको यसै विज्ञप्ति मार्फत गम्भिर ध्यानाकर्षण गर्दछौ।"
प्रतिक्रिया राख्नुहोस्