"बाढि प्रभावित क्षेत्र बुढादेविमा दीर्घकालीन समस्या देखियो समाधानका लागि तिनै तहका सरकार गम्भीर हुन आबश्यक छ।"
तस्बिर :बाढी प्रभावित क्षेत्र प्युठान नगरपालिका ९ र १० स्थित मरन्ठाना क्षेत्र निरक्षण गर्दै नेकपा एमाले प्युठानका अध्यक्ष बिजयबिराज बिष्ट सहितको टिम
सीता बि.क
प्युठान,नेकपा एमाले जिल्ला कमिटी प्युठानका अध्यक्ष बिजय बिराज बिष्टले आज बाढि प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ।
अध्यक्ष बिष्टले सोमबार प्युठान नगरपालिका वडा नम्बर ९ र १० मरन्ठाना अन्तर्गत बुढादेबी,भुसबाङ्ग,छेपाने लगायत क्षेत्रमा बाढिले कटान गरेको भु–भाग तथा जोखिममा रहेका बस्तीहरुको निरिक्षण गर्नुभएको हो।
निरीक्षणका लागि पुग्नुभएका बिष्टले सुरुमा उक्त क्षेत्रका जनप्रतिनिधि र स्थानीयसँग बाढी,पहिरो बाट भएको क्षतिको बारेमा जानकारी लिनुभयो।
तत पश्चात् उक्त क्षेत्रको बाढि प्रभावित सर्वसाधारण जनताहरुसंग भेट गरि समस्याको बारेमा जानकारी लिनुभयो।
प्युठान नगरपालिका वडा नम्बर ९ र १० अन्तर्गत बुढादेबीमा सवैभन्दा बढि क्षती भएको निरीक्षणको क्रममा देखिएको छ।
त्यसैगरि उहाँले प्युठान नगरपालिका वडा नम्बर १० स्थित निर्माणधिन छेपाने लिफ्ट खानेपानीको पनि निरीक्षण गर्नुभएको हो।
भारी वर्षाका कारणले छेपाने लिफ्ट खानेपानी बगाएको छ।
बाढिले निर्माणधिन लिफ्ट खानेपानी बगाएकोले स्थानीय चिन्तित बनेका छन्।दुबै क्षेत्रमा स्थानियलाई बाढिले पुर्याएको क्षतिको भएको निरीक्षण पछि पैरवी अनलाइन सङ्ग कुरा गर्दै भन्नुभयो-"भारी वर्षाबाट बिस्तापित बाढिपीडितको घर खेतमा बाढि पसेर भएको लाखौ क्षतिको क्षतिपुर्तीका लागि सरकारसंग माग गरिएको छ।
धेरै संख्यामा बाढिले विस्थापित भएको घरपरिवालाई स्थानीय सरकारले अविलम्ब प्राथमिकता दिएर योजना बनाउन माग गरेको बताउनुभयो ।
अझैपनि उक्त क्षेत्र बाढिको कारण जोखिम देखिएकाले सर्तक रहन सर्वसाधारणलाई आग्रह गर्दै किसानहरुलाई भएको क्षतिको क्षतिपूर्ति दिलाउन सरकार सङ्ग माग गर्नुभयो।
निरीक्षणमा जिल्ला स्तरीय नेता नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।बाढीका कारण हिँडडुल नै गर्न नसकिने अवस्थामा पनि जोखिमको यात्रा गरेर प्रभावित क्षेत्रको स्थलगत निरिक्षण गर्न पुगेका बिष्टले बाढि प्रभावित क्षेत्र बुढादेविमा दीर्घकालीन समस्या देखिएकोले तिनै तहका सरकार गम्भीर हुन आग्रह गर्नुभएको छ।

प्रतिक्रिया राख्नुहोस्