राम बहादुर बिश्वकर्मा
प्युठान,प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाई प्युठानले कृषि बजारीकरणका लागि कार्यक्रम गरेको छ।
उत्पादित वस्तुहरुको बजारिकरण गर्ने उदेश्यले उत्पादक,ब्यबसयी स्थानीय सरकार प्रमुखहरुलाई एकै ठाउँमा राखेर अन्तरकृया गरेको हो।
पछिल्लो समय किसानहरूले उत्पादन गर्ने र उत्पादित वस्तुहरुको उचित मुल्य र बजार नपाईरहेको गुनासो बढीरहेकोले कार्यालयले सहजीकरण गरेको कार्यालय प्रमुख चुमान गिरीले जानकारी दिनुभयो।
उत्पादन भएका वस्तुको बजारीकरण र किसानका उत्पादनलाई उचित मूल्यको व्यवस्था नभएका कारण नै कृषिजन्य उत्पादकले सही मूल्य पाउन नसकिरहेका कार्यालय प्रमुख गिरीले बताउनुभयो।
कृषि क्षेत्रबाट उत्पादित वस्तुलाई आवश्यक बजारको व्यवस्था मिलाउनु कृषिको बजारीकरण हो।उहाँले भन्नुभयो-"बिक्रीबिनाको उत्पादन व्यावसायिक हिसाबले केही अर्थ छैन,जब कृषकले मौसमअनुसार उत्पादन गरेको कृषि उत्पादनलाई बजारसम्म पुर्याई उचित कारोबार हुने वातावरण मिल्छ तब कृषकले आफ्नो मूल्य प्राप्त गर्दछन् । "
उत्पादकका समस्याहरुको ठीक समयमा समाधान हुन सकेन भने स्थानीय,प्रदेश र संघीय सरकारहरुले कृषकलाई गरेको लगानी र सीप अनि दक्षताका सबै सबल पक्षहरु कमजोर हुनेबाहेक केही पनि हुन नसक्ने उहाँको भनाई छ।
शनिबार प्युठान नगरपालिका वडा नम्बर ८ बाग्दुलाको एक होटलमा भएको उक्त कार्यक्रममा उत्पादकहरुले ब्यबसायी,स्थानीय सरकार प्रमुख उप-प्रमुख तथा सरोकारवालाहरू सगँ सिधा सवालजवाफ गरेका थिए। उक्त कार्यक्रममा फलफूल तथा तरकारी ब्यबसायी संघ प्युठानका अध्यक्ष पदम बहादुर थापाले जिल्लामा उत्पादित कृषि जन्यबस्तु खरिद गरेर मात्र बाहिर बाट आउने बस्तु खरिद गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सहभागी किसानहरूले उत्पादित वस्तुहरू ब्यबसायीले सहज तरिकाले किनिदिने भएपछि खुसी ब्यक्त गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय प्रमुख धरम जि सि जिल्लामा उत्पादन भएको कृषिजन्य बस्तुको बजारिकरण र ढुवानीको लागि भने अत्यन्तै समस्या रहेको औल्याउँनुभएको थियो।
कृषि मानिसको दैनिक जीवनसँग प्रत्यक्षरूपमा सरोकार राख्ने क्रियाकलाप भएकाले मानिसले दैनिक उपभोग गर्ने वस्तु कृषिकै उपजको संरक्षण,विस्तार र बजारीकरण हुन आबश्यक आवश्यक छ,यसको गाम्भीर्यतालाई बुझ्न ढिला गर्न नहुने उहाँको भनाई छ।
कार्यालय प्रमुख चुमान गिरीले कार्यालय बाट जिल्लामा कृषिको लागि भएका नीतिगत प्रयासहरु,कार्यान्वयन अवस्था,सम्भावना,समस्या तथा चुनौती र समाधानका उपायहरूलगायतका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा प्युठान नगरपालिका नगर प्रमुख बिष्णु योगि,मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण खड्का,उपाध्यक्ष रमेश श्रेष्ठ,उद्योग बाणिज्य संघ प्युठानका महासचिव सन्देश आचार्य,जिल्ला सहकारी संघका अध्यक्ष सुशील पोख्रेल लगायतको उपस्थिति रहेको थियो।
सहभागीहरूले कार्यपत्रमा प्रस्तुत भएको विषयमा विभिन्न जिज्ञासा एवं सुझाव राखेका थिए ।
प्रतिक्रिया राख्नुहोस्