सीता बि.क
प्युठान,नेकपा (एमाले) प्युठानको अध्यक्षमा विजय बिराज विष्ट निर्वाचित हुनुभएको छ।
एमालेको १० औं जिल्ला अधिवेशनमा विष्टले २ सय ९९ मत प्राप्त गरी उहाँ दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित हुनुभएको हो।
प्रतिस्पर्धी मधुर शर्माले १ सय ८५ र अजय सिंहले २५ मत प्राप्त गर्नुभएको छ ।
उपाध्यक्षमा माधव शर्मा पौडेल २ सय ५७ मत प्राप्त गरी विजयी हुनुभएको छ । प्रतिस्पर्धी नेगन सिंह कवरले २५१ मत प्राप्त गर्नुभयो । मतदानमा ५ सय २३ मत खसेको थियो ।
सचिव इन्द्रमणी पोख्रेल,उप–सचिव हीरामणि भण्डारी र उप–सचिव इश्वरा आचार्य निर्विरोध निर्वाचित हुनुभएको छ।त्यसैगरी,८९ सदस्यीय जिल्ला कमिटीमा सदस्यहरू निर्विरोध निर्वाचित भएका छन्।दसौँ अधिवेशनको आइतबार महासचिव शङ्कर पोख्रेलले उद्घाटन गर्नुभएको थियो ।
नयाँ निर्वाचित जिल्ला कमिटिलाई बधाई ज्ञापन
एक कार्यक्रम सहित नयाँ निर्वाचित जिल्ला कमिटिलाई बधाई ज्ञापन गरिएको छ।
प्रतिनिधि शभा सदस्य सुर्य थापाले नव निर्वाचित पदाधिकारी सहितको टिमलाई बधाई दिदै पार्टिको निर्वाचन आन्तरिक निर्वाचन भएकोले कसैको पनि जित र हार नभएको र सिङ्गो नेकपा एमालेको जित भएको बताउनुभयो ।
बस्ती र टोलटोलमा पुगेर पुगेर नेकपा एमाले लाई जनजनमा पुर्याउन जनताको सेवक बनेर अगाडी बढ्दै,समयसापेक्ष परिवर्तन हुन र जनताप्रति जिम्मेवार र उत्तरदायी भएर काम गर्न निर्देशन दिनुभयो ।
उपबिजेता मधुर शर्माले राजनीतिमा क्रम भङ्गता अभ्यास हुनुपर्ने बताउनुभयो ।
निर्वाचनमा होमिएपछी हारजित स्वभाबिक हो,एकरती बचिल्लित छैन उहाँले भन्नुभयो नेकपा एमालेले जितेको छ बाकी समय पार्टीका लागि उहि ताल र लयमा आफ्नो जिम्मेवारी बहन गर्ने छु।"
नव निर्वाचित अध्यक्ष बिजय बिराज बिष्टले जिल्लाको पार्टी संगठन लाई थप ब्यबस्थित र चलायमान बनाउन आफ्नो उम्मेद्बारी रहेको बताउनुभयो।
मिसन २०८४ पार्टीको अर्जुन दृष्टि बन्ने छ उहाँले भन्नुभयो-"आम नेता, जनता तथा कार्यकर्ताको भावनालाई केन्द्रित गरि अगाडि बढ्ने मेरो प्रतिबद्धता हो।"
प्रतिक्रिया राख्नुहोस्