राम बहादुर बिश्वकर्मा
प्युठान,जिल्ला प्रहरी कार्यालय प्युठानले लागू औषध दुर्ब्यसन बिरुद्ध सचेतनामुलक कार्यक्रम गरेको छ।
प्युठान नगरपालिका वडा नम्बर ९ मा रहेको बाल बिध्या माध्यमिक बिद्यालयमा बिध्यार्थी अभिभावक, समाजसेवी लाई सहभागि गराएर कार्यक्रम गरिएको हो ।
कार्यक्रममा नार्कोनन नेपाल लुम्बिनी प्रदेश संयोजक बसन्त पुनले सहजीकरण गर्नुभयो।सो अबसरमा बोल्दै पुनले लागू औषध दुर्ब्यसनले युवाहरूको जीवन मात्र नभइ समग्र राष्ट्र तथा विश्व मानव समुदायकै भबिष्य अन्धकार तर्फ डोर्याएको बताउनुभयो ।
उहाँले बिश्वब्यापी रुपमा युवाहरु माझ कहालीलाग्दो गरि फुसको आगो जस्तै भित्र भित्रै फैलिरहेको उल्लेख गर्नुभयो।पुनले लागू औषध दुर्ब्यसनको डरलाग्दो भुमरिबाट मानव सभ्यतालाई बचाउन आज युवाबर्ग, अभिभावकबर्ग,बिद्यालय,कलेज,समुदाय,संस्था,रा नीति दल,सरकार,राष्ट्र तथा अन्तर्राष्ट्रिय समुदायले साझा संकल्प गर्न अपरिहार्य भएको बताउनुभयो ।
त्यस्तै अर्का प्रशिक्षक कर्ण सकारात्मक कोष दाङका संयोजक सुन्दर गौतमले रहनु भएको थियो।भौतिक सरचना निर्माण लाई मात्र बिकास मानिने तर चेतनाको बिकासको क्षेत्रमा तिनै तहका सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।
समाज परिबर्तनमा परिबार बिध्यालयका शिक्षकको भुमिका अपरिहार्य रहन्छ गौतमले भन्नुभयो-"परिवारको राम्रो व्यवहार नहुँदा,उनीहरूसँग समय नबिताउँदा,जति पैसा माग्यो सो पैसा दिनु,मागेको पैसा के कुरामा खर्च गर्छ त्यसको खोजिनीति नगर्नु, आफ्ना सन्तानको धेरै विश्वास गर्नु, सन्तानले गरेको नराम्रो कार्य ढाकछोप गर्दा बालबालिकाहरू कुलतमा फसिसकेका हुन्छन्।"
जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्र.ना.उ. इश्वर थापाले जिल्लाको घट्ना स्थितिको बारेमा प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो।
बालबालिकामा भएको क्षमताहरुलाई विकास गर्दै बालबालिकालाई सकारात्मक बाटोतीर लैजान शिक्षक,अभिभावक र साथीहरू ठुलाे भुमिका खेल्दछन भन्ने बिचार राख्नुभएको छ।
प्रत्येक ब्यक्ति आफ्नो छाेरा छाेरी प्रति निगरानी राख्न जरुरी छ। थापाले भन्नुभयो -" लागुपदार्थ दुर्ब्यसनले सामाजिक,आर्थिक तथा स्वास्थ्य समस्याहरू निम्त्याउदछ।त्यसैले यसप्रकारका धुमपान, मद्यपान तथा लागुपदार्थकाे सेवनबाट टाढा रहनुपर्दछ र अरुलाई पनि यससम्बन्धी आफुले थाहा पाएकाे सुचना र जानकारी प्रदान गरी जिम्मेवार नागरिकको परिचय दिनुपर्छ ।"
प्युठान नगरपालिकाका नगर प्रमुख बिष्णु योगिको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी हुमानन्द खनालको संचालनमा भएको सो कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरको प्रमुख आतिथ्यता रहेको थियो।
प्रमुख अतिथि नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरले लागु औषधले लैङ्गिक हिंसा र बालविबाहको अपराधिक दायरा फराकिलो रहेको, पीडति उपर यसको असर पनि कालान्तर सम्म अत्यन्तै गहिरो रुपमा रहने,पीडितले आफूलाई परेको असर भन्न र व्यक्त गर्न नसक्ने तथा कतिपय अवस्थामा प्रमाण सजिलै नष्ट हुन सम्भावना चुनौतीको रुपमा रहेको हुदा सबै सचेत हुन जरुरी रहेको बताउनुभयो ।
त्यस्तै बिशिस्ट अतिथी लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक कुबेर कडायतको बिशिस्ट आतिथ्यता रहेको थियो।मन्तब्य राख्दै प्रमुख प्रहरी नायब महानिरीक्षक कडायतले आपराधिक घटना समाजमा घट्ने भएकोले समाजमा शान्ति शुरक्षा स्थापना गर्नु समाज र प्रहरीको हातेमालो हुन जरुरी रहेको बताउनुभयो ।
प्युठान नगरपालिकाको आयोजना,जिल्ला प्रहरी कार्यालय प्युठानको समन्वय तथा नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशको सहकार्यमा सम्पन्न भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्याल,प्युठान नगरपालिकाका उपमेयर देवेन्द्र वर्मा,वडा नम्बर ९ का वडा अध्यक्ष बिकास के सि लगायतले मन्तब्य राख्नुभएको थियो।कार्यक्रममा गन्दर्भ समाज नेपाल प्युठानका साँस्कृतिक टोलिद्वारा लागु औषध दुर्व्यसनी र बाल विबाह नियन्त्रण सम्बन्धी सचेतनामूलक गीतसमेत प्रस्तुत गरिएको थियो।


प्रतिक्रिया राख्नुहोस्