घर्तीको एकल लगानीमा निर्माण भयो चालक प्रशिक्षण केन्द्र 

सीता बि.क
प्युठान,प्युठान नगरपालिका–३ स्थित साडेखोलामा सवारी चालक प्रशिक्षण केन्द्र निर्माण गरिएको छ। 
स्थानीय युवा ब्यबसायी सुरज घर्तिले नेपाल खाद्य संस्थानको जग्गा भाडामा लिएर गाडी मोटरसाइकल चालक प्रशिक्षण केन्द्रको निर्माण गर्नुभएको हो।
उहाँका अनुसार रु १५ लाख लगानीमा केन्द्र सञ्चालनमा ल्याइएको र प्यूठान सहित रोल्पा, गुल्मि,अर्घाखाँची लगायतका जिल्लाबासीले सेवा लिन पाउनेछन।
प्रशिक्षण केन्द्रको उद्घाटन  प्युठान नगरपालिका -३ का वडा अध्यक्ष तथा प्युठान नगरपालिकाका नगर प्रबक्ता सुमन श्रेष्ठले गर्नुभएको हो।
उद्घाटन गर्दै प्रबक्ता श्रेष्ठले देशलाई विकसित र समृद्ध बनाउन सीपयुक्त युवा जनशक्तिको उत्पादन गर्नु अपरिहार्य हुने भएकाले निजि क्षेत्रको लगानीमा प्रशिक्षण केन्द्र स्थापना गरेको प्रति खुशी व्यक्त गर्दै व्यावसायीक सफलताको सुभकामना व्यक्त गर्नुभयो।

अदक्ष जनशक्तिबाट रुपान्तरण सम्भव नहुने भन्दै प्रबक्ता श्रेष्ठले दक्ष जनशक्ति उत्पादन गर्न तर्फ निजि क्षेत्र र सरकार बिच सहकार्य गर्दै समाज विकासमा लाउनुपर्नेमा जोड दिनुभयो।
त्यस्तै लायन्स क्लब अफ प्यूठानमा अध्यक्ष झपेन्द्र शर्माले बिगतका दिनमा गाडि सिक्न बुटवल,नेपालगंग,तुल्सिपुर लगायतका ठाँउहरुमा जानुपर्ने बाध्यता नहुने बताउनुभयो।