राम बहादुर बिश्वकर्मा
प्युठान,लायन्स कल्ब अफ प्यूठान'सेकेन्ड रेगुलर क्याबिनेट मिटिङ' बाट सम्मानित भएको छ।
लायन्स क्लब अफ प्यूठानले अन्य जिल्लाको भन्दा फरक कार्यक्रम गरेको भन्दै सुर्खेतमा चलिरहेको 'सेकेन्ड रेगुलर क्याबिनेट मिटिङ' बाट लायन्स क्लब अफ प्यूठान उत्कृष्ट भई सम्मानित भएको हो।
लायन्स क्लब अफ इन्टरनेश्नल ३२५ एन का १२१ क्लबमध्ये नियमित रुपमा सक्रियता पूर्वक विभिन्न सामाजिक कार्यक्रमहरु संचालन गरेकोमा लायन्स क्लब अफ प्यूठान सबैभन्दा उत्कृष्ट भएको कल्वका अध्यक्ष झविन्द्र शर्माले जानकारी दिनुभयो।
उहाँले एक बर्षको अवधीमा सय वटा भन्दा बढी कार्यक्रम गरेको बताउनुभयो।
साथै लायन्स क्लब अफ प्यूठान र लायन्स क्लब अफ भित्रिकोटले संयूक्त रुपमा राखेको प्रस्ताव समेत सर्वसम्मतिले स्वीकृत भएको छ। मल्लरानी गाउँपालिका ४ मा रहेको असारेचौर पार्कमा खुल्ला व्यायामशाला निर्माणको लागि 'एनएफएल फण्डफन्ट'बाट ३ लाख बराबरको परियोजना स्वीकृत भएको लायन्स क्लब अफ प्यूठानले जनाएको छ।
त्यस्तै रिपब्लिक अफिसर कमल श्रेष्ठले नेतृत्व र व्यक्तित्व विकास एवं समाज सेवाका लागि लायन्स क्लब एक उत्कृष्ट थलो रहेको बताउनुभयो।
समाज र राष्ट्रले अनुभूति गर्ने गरी हामिले जिल्लामा कार्य गरिरहेका छौँ श्रेष्ठले भन्नुभयो -"केही कुरामा हामी ब्राण्डिङ गरेर जानुपर्छ भनेर लागेका छौं।" जिल्लामा अहिले पनि लायन्स भनेपछि आँखासँग जोडिएको संस्था हो भनेर जो कोहीले अनुभूति गर्न सक्छन्।
रिपब्लिक अफिसर श्रेष्ठले क्लवले बिभिन्न बिषयमा सचेतना कार्यक्रम संचालन गरेको बताउनुभयो उहाँले समुदायमा क्लवले धेरै राम्रा र उपयोगी काम गरेको उहाँको भनाई छ।


प्रतिक्रिया राख्नुहोस्