राम बहादुर बिश्वकर्मा
प्युठान,५७ औं अन्तरास्ट्रिय जातिय बिभेद उन्मुलन दिवस प्युठानमा मनाईएको छ।
नेपालमा विशेष गरि जातिय छुवाछुत र विभेदका कारण पछाडी पारीएका ,उत्पिडनमा पारिएका दलित समुदायले मार्च २१ लाई विशेष दिनका रुपमा विभिन्न कार्यक्रम गरेर मनाउने प्रचलन अनुसार यस बर्ष दलित मुक्ति अभियान प्युठानको आयोजनामा विविध कार्यक्रम सहित दिबश मनाइएको हो।दिवसको अबसरमा प्युठान नगरपालिकाका नगर प्रमुख अर्जुनकुमार कक्षपतिले जातिय बिभेदको सवाल दलितको मात्र नभई सबैको साझा नहुदा सम्म उन्मुलन हुन नसक्ने बताउनुभयो।अव स्थानिय,प्रदेश र संघिय निर्वाचनमा सक्षम र क्षमतावान सहितका दलित जनप्रतिनिधि लाई छनोट गरि सोही अनुसार सरकारले कानून कार्यान्वयन,सचेतना मूलक कार्यक्रम र बर्गिय समाजको अन्त्य गर्नुपर्ने उहाँको भनाई छ।
कार्यक्रममा गौमुखी गाउँपालिका उपाध्यक्ष तुल्सी सुनार,नेपाल पत्रकार महासघ प्युठान पुर्ब अध्यक्ष गिरु प्रसाद भण्डारी,दलित मुक्ति अभियान लुम्बिनी प्रदेशका सचीव शम्सेर नेपाली,नेपाली काङ्ग्रेसका जिल्ला सह सचीव प्रमोद पोख्रेल,मावबादी केन्द्रका केन्द्रिय सदस्य सरस्वती न्याउपाने,एकीकृत समाजबादीका जिल्ला अध्यक्ष भोजबिक्रम बुढा मगर लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो।
शुभकामना मन्तव्यमा छुवाछूत तथा जातिय विभेद विरुद्ध निती,नियम ऐन कानुन कडाइ पुर्वक लागु नगर्दा दलित समुदाय विभेद र उत्पिडनको सिकार भैरहेको उहाँहरुको भनाई थियो।
अभियानका अध्यक्ष प्रबिण बिश्वकर्माको अध्यक्षता बाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव धुर्ब गन्दर्भले गर्नुभएको थियो।
नेपालमा यो दिवश मनाईरहदा जातिय विभेदमा परेका समुदायले प्रत्येक बर्ष यसले दिने सन्देश र दलित आन्दोेलनको कार्यदिशा परिवर्तनमा फट्को मार्ने गरि कुनै काम हुन सकेको छैन । नत भएका योजनालाई कार्यन्वयन तह सम्म लैजान कुनै कसरत नै भएको छ । मात्र एक दिनको औपचारिकता र दाताको क्रियाकलापका रुपमा यस दिनलाई लिने गरिएको छ।
२०६५ सालमा नेपाल जातिय छुवाछुत मुक्त घोषणा भईसकेको छ भने नेपालको संबिधान २०७२ को धारा २४ मा छुवाछुत बिरुद्धको ब्यबस्था गरेको छ।तर अझैपनि जातिय छुवाछुतका घटनाहरु भईरहेकाले यसलाई उन्मुलन गर्न अभियानहरु सञ्चालन भईरहेका छन्।मार्च २१ लाई जातिय छुवाछुत बिरुद्धको दिवसको रुपमा मनाउने गरिन्छ।


प्रतिक्रिया राख्नुहोस्