प्युठान उद्योग वाणिज्य संघको मतदान हुने पक्का भोट माग्न ब्यबसायीहरु घरघरमा

प्युठान उद्योग वाणिज्य संघको मतदान हुने पक्का भोट माग्न ब्यबसायीहरु घरघरमा

राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठान उद्योगी व्यवसायीको संगठन उद्योग वाणिज्य संघ आसन्न निर्वाचनको तयारीमा जुटेको छ ।निर्वाचनको मिति जति नजिकिदै छ त्यतिनै महासंघमा अस्वस्थ्य प्रतिस्पर्धाको खेल सुरुभएको छ । संघको नयाँ नेतृत्व हातपार्नका लागि अहिले गुटउपगुट नै बनाई उम्मेदबारी घोषणा समेत गरेका छन् ।
प्युठान उद्योग वाणिज्य संघको आसन्न वार्षिक साधारण सभा जति नजिकिदै छ त्यतिनै सो संस्थाभित्र गुटउपगुट नै बनाएर मोर्चाबन्दीमा व्यवसायीहरु लागेका छन् ।
जिल्लामा २०४८ अषाढ १५ गते स्थापना गरिएको उक्त संघमा झन्डै १७ सय मतदाता रहेको संघमा बिजयि बन्न सके आफ्नो हैसियत वढ्ने विस्वासमा अहिले पार्टिका जिल्ला स्तरिय नेताहरु आफ्नो प्यानल र प्रतिस्पर्धीको प्रचारमा लागेका छन् । 
यहि पौष १० गते हुने प्युठान उद्योग वाणिज्य 
संघको २४ औं वार्षिक साधारण सभा तथा ११ औं अधिवेशन नजिकिएसँगै भोट माग्न व्यवसायीहरु घरघरमा पुगेका छन ।
व्यवसायिक संस्थामा राजनैतिक समुहका आधारमा प्रतिस्पर्धा हुँदा सकारात्मक संदेश नदिने भन्दै सहमतिका आधारमा नेतृत्व चयनको प्रयास भएपनि सफल नभएपछि प्रतिस्पर्धाबाट पदाधिकारी छनौट हुन लागेको हो । 
संघको २४ औं वार्षिक साधारण सभा तथा ११ औं अधिवेशन मार्फत आगामी नेतृत्वको लागी अध्यक्ष पदमा बर्तमान वरिष्ठ उपाध्यक्ष यज्ञ बहादुर के सि (प्रभात) तथा नेपाल निर्माण व्यवसायी संघ प्यूठानका अध्यक्ष पशुपति नारायण नकर्मी प्रतिस्पर्धा गर्ने भएका छन्। नकर्मी संघको पूर्व वस्तुगत सदस्य हुन। केसी माओवादी केन्द्र तथा नकर्मी एमाले निकट हुन्।नकर्मिलाई नेपाली कांग्रेस तथा राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थन रहने बताइएको छ भने के सी लाई राष्ट्रिय जनमोर्चा तथा माओवादी वैद्य समूहको समर्थन रहने बुझिएको छ।
नकर्मी प्यानलबाट वरिष्ठ उपाध्यक्ष पदमा नेपाली कांग्रेस निकट प्रमोद पोख्रेलले उम्मेदवारी दिएका छन् पोख्रेलको प्रतिस्पर्धा संघका वर्तमान महासचिव कृष्ण भक्त गिरीसंग हुनेछ। गिरी राजमो निकट हुन्।
प्रथम उपाध्यक्षमा एमाले निकट रेशम केसी तथा दृतिय उपाध्यक्षमा नेपाली कांग्रेस निकट दधिराम भण्डारी निर्विरोध निर्वाचित भएका छन्। 
महासचिवमा एमाले निकट युवा व्यवसायी संदेश आचार्य तथा माओवादी निकट पूर्ण चन्द्र सुबेदिविच प्रतिस्पर्धा हुनेछ।उप-महासचिवमा एमाले निकट सूर्यचन्द्र खनाल तथा वैद्य माओवादी निकट गोविन्दराज पोखरेल कोषाध्यक्ष पदमा राजमो निकट झबिन्द्र शर्मा तथा ऋषिराम अधिकारीबीच प्रतिस्पर्धा हुनेछ।
यहि पुस १० गते जिल्ला समन्वय समितीको सभाहल खलगांमा संघको अधिबेशन हुदैछ।