सके पार्टी कब्जा गर्ने नसके अन्तर ध्वन्स गर्ने सोच र व्यवहारका कारण नेकपा बिभाजन: सुर्य थापा

सके पार्टी कब्जा गर्ने नसके अन्तर ध्वन्स गर्ने सोच र व्यवहारका कारण नेकपा बिभाजन: सुर्य थापा

प्युठान,नेकपा एमालेका प्युठान जिल्ला इन्चार्ज सुर्य थापाले पार्टी कब्जा गर्ने प्रयास असफल भएपछि पुष्पकमल दाहालले पार्टीलाई विभाजन गर्ने काम गरेको आरोप लगाएका छन्।
इन्चार्ज थापाले सके पार्टी कब्जा गर्ने नसके विभाजन गर्ने सोच र व्यवहारका कारण पार्टी बिभाजन हुन पुगेको बताए। 
प्रेस चौतारी नेपाल जिल्ला शाखा प्युठानले शनिवार नेकपा एमाले पार्टी कार्यालय विजुवारमा गरेको पत्रकार भेटघाट तथा नवनिर्वाचित केन्द्रीय सदस्यहरूलाई स्वागत सम्मान कार्यक्रममा सम्बोधन गर्दै यस्तो बताएका हुन।उनले विभाजनकारी परिस्थितिलाई परास्त गरेर पार्टिलाइ बिभिन्न बिरासतहरुको एकताको प्रवाहको रुपमा महाधिवेशन सम्पन्न गरेको भन्दै माधव नेपालको कुण्ठा, निहित स्वार्थ र विभाजनकारी क्रियाकलापले पनि पार्टी विभाजनमा ठूलो भूमिका खेलेको समेत बताए।
उनले कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध बनाउने प्रयास जारी राख्ने प्रतिवद्धता समेत व्यक्त गरे। उनले भने, ‘सके पार्टी कब्जा गर्ने नसके विभाजन गर्ने प्रचण्डका सोच र व्यवहारका कारण पार्टी बिभाजन भएको हो।यसो हुनुमा नवौं महाधिवेशनबाट पारित नीति र नेतृत्वविरुद्ध अन्त्यहिन गुटबन्दीमा संलग्न माधव नेपालको कुण्ठा,निहित स्वार्थ र विभाजनकारी क्रियाकलापको समेत ठूलो भूमिका छ।,थापाले भने।
कार्यक्रममा नेकपा एमाले केन्द्रीय पोलिटव्युरो सदस्य तथा सुर्य थापा, केन्द्रीय सदस्य तथा प्युठान जिल्ला सह-इन्चार्ज हरी प्रसाद रिजाल, केन्द्रीय सदस्य तथा बर्दिया जिल्ला सहइन्चार्ज भिम बहादुर के.सी., प्रदेश कमिटी सदस्य विजय विराज बिष्ट लगायत जिल्ला नेताहरूको उपस्थिति रहेको थियो ।
एमालेको हालै चितवनमा सम्पन्न भएको १० औं महाधिवेशनबाट निर्वाचित उनीहरु पहिलो पटक प्युठानमा आएका हुन् । उनीहरुलाई प्युठानमा कार्यकर्ताहरुले बधाई तथा सम्मान व्यक्त गर्ने कार्यक्रम गरेका छन् ।कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य हरी प्रसाद रिजालले चितवनमा सम्पन्न १० ओेैँ महाधिवेशनले एमाले विश्वकै ठुलो प्रजातान्त्रिक पार्टी भएको दावी गरे ।जिल्लाको केन्द्रमा पहुँच नपुगेको कारणले पछि परेको भन्दै जिल्लामा समन्वयकारी भूमिकाबाट एकताबद्ध गरि विकास निर्माण गर्ने मुख्य भुमिका खेल्ने बताए । उनले गठबन्धनलाइ अप्राकृतिक भएको आरोप लागे । उनले आँप र नासपातीको कलमी मिलनको संज्ञा दिए ।