प्युठान,नेकपा(माओवादी केन्द्र)गौमुखी गाउँपालिकाको अध्यक्षमा चन्द्र बहादुर खत्री निर्वाचित भएका छन्।
आज भएको माओवादी केन्द्र गौमुखि संगठन कमिटिको प्रथम सम्मेलनबाट खत्रीको नेतृत्वमा ४९ सदस्यीय समिति सर्वसम्मत निर्वाचित भएको हो।
समितिको उपाध्यक्षमा उपाध्यक्ष अर्जुन न्यौपाने,बैकुण्ठ केसी,गोबर्धन थापा, सचीव रमेश राना मगर,सहसचिव पुष्कर शर्मा,कोषाध्यक्ष प्रेम सुनार सहित निर्बाचित भएका छ्न।
सम्मेलनका अवसरमा सहिद परिवार र ज्येष्ठ माओबादीहरुलाई सम्मान गरिएको थियो भने हरी के सी को नेतृत्वमा एमाले बाट र खगेश्वर गिरीको नेतृत्वमा काङ्ग्रेस पार्टी परित्याग गरी माओवादी पार्टीमा आवद्ध हुने ३१ जना नव प्रवेशीहरुलाई स्वागत गरिएको थियो ।
माओवादी केन्द्र गौमुखि गाउँ कमिटिको प्रथम सम्मेलनको उद्घाटनको अवसरमा कार्यक्रमका प्रमुख अतिथि जिल्ला इन्चार्ज कमरेड नारायण अधिकारी र गौमुखी पालिका इन्चार्ज महाबिर रानाले सम्बोधन गरेका थिए।

सम्बन्धित खवर
प्यूठान नगरपालिकाको २ र ३ मा गठबन्धनको प्यानल विजयी
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्