गाउँघरमा भविष्य देख्दै युवा,प्युठानमा अत्याधुनिक कुखुरा फार्म सञ्चालनमा

प्युठानमा अत्याधुनिक कुखुरा फार्म सञ्चालनमा

गाउँघरमा भविष्य देख्दै युवा,प्युठानमा अत्याधुनिक कुखुरा फार्म सञ्चालनमा

राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठानमा बोइलर कुखुराको अत्याधुनिक फार्म सञ्चालनमा आएको छ । बोइलर कुखुराका कयौं फार्म जिल्लामा भएको भए पनि अत्याधुनिक फार्म प्युठानमा पहिलो फार्म सञ्चालनमा ल्याइएको हो ।
प्युठान नगरपालिका १० मरन्ठाना रुकुम टाकुराका एक युवाले झण्डै १२ लाखको लगानीमा बोइलर कुखुरापालनका लागि अत्याधुनिक "नमुना कुखुरा फार्म "सञ्चालनमा ल्याएका हुन। 
शुक्रबार एक कार्यक्रम बिच उक्त फार्मको उद्घाटन प्युठान नगरपालिकाका नगरप्रमुख अर्जुनकुमार कक्षपतिले रिबन काटेर उद्घाटन गर्नुभएको हो।

तस्बिर : प्युठान नगरपालिका नगरप्रमुख अर्जुनकुमार कक्षपतिले रिबन काटेर नमुना कुखुरा फर्मको उद्घाटन गर्नुहुदै

उद्घाटन गर्दै नगरप्रमुख कक्षपतिले स्थानीय स्तरमै आय आर्जनका सम्भावना रहदा पनि युवा बिदेशिनु दु:खद भएको भन्दै अब युवाहरु यस्तै ब्यबसायमा जोडिन आग्रह गर्नुभयो ।
ब्यबसाय सुरु गर्नुको उद्देश्य नाफा कमाउने हो तर ब्यबसायिक योजनाको अभावले ब्यबसाय घाटामा जाने भएकाले ब्यबसाय सुरु गर्नुपुर्ब व्यावसायिक योजना अनिवार्य हुनुपर्ने बताउनुभयो।
त्यस्तै बोइलर कुखुराको माग अत्यधिक भए सङ्गै पोल्ट्री फार्म पनि उत्तिकै संचालनमा आएपनी ब्यबस्थित नभएकाले यस्तो भिडमा आफुले यस्तो अत्याधुनिक तथा स्वचालित पोल्ट्री फार्म सञ्चालनमा ल्याएको सञ्चालक रमेश के सि ले बताउनुभयो। 

तस्बिर:पोल्ट्री फर्म मा आफू सफल भएर छाड्ने अठोट लिदै फर्म सन्चालक रमेश के सि 


अरुले जे गर्छ त्यही गर्ने हाम्रो बानी छ ब्यबसायको प्रकृति एउटै भए पनि ब्यबस्थापन भने फरक हुन आबश्यक छ,युटुबको माध्यमबाट विभिन्न देशमा संचालन गरिएको कुखुरा फार्म सम्बन्धि डकुमेन्ट्री हेरेर" फार्म सन्चालनमा लागेको छु’ उनलेउहाँले भन्नुभयो । “परिश्रम गरे यही सफल हुन सकिन्छ भन्ने अठोटले व्यवसाय शुरु गरेको हुँ”,युवाहरुले व्यवसयामा हात हाल्दा सकारात्मक सन्देश जाने उहाँको भनाई रहेको छ ।

यो फार्म पूर्ण वातानुकुलित र स्वचालित हुने के सि को दाबी छ।‘यो पूर्णरूपमा टेम्प्रेचर कन्ट्रोल हुनेछ। दाना राख्नेदेखि,पानी राख्नेसम्म सबै स्वचालित हुनेछ,’ उहाले भन्नुभयो, ‘उत्कृष्ट फार्म बनाउने प्रयास गर्नेछु र,बोइलर सेग्मेन्टमा सबैभन्दा बढी यही फार्म हुनेछ।’ सुरुमा १ हजार चल्ला राखिने छ।"

तस्बिर: मन्तब्य राख्दै नगरप्रमुख अर्जुनकुमार कक्षपति

 

त्यस्तै कार्यक्रममा ब्यबसायी अन बहादुर भण्डारीले नेताले अनुदान दिन्छु भनेकै भरमा ब्यबसाय दर्ता गर्ने परिपाटीले वास्तविक उद्यमिलाई नभएर राजनीतिक भागबण्डाको आधारमा अनुदान पाउने तर न ब्यबसाय सन्चालन न त उत्पादन भएको देखिएको बताउनुभयो ।उहाँ भन्नुभन्नुहुन्छ-" सरकारले पहुँचको भरमा मनलाग्दी रूपमा अनुदान वितरण गरेको छ।, अनुदानको पारदर्शिताका विषयमा प्रभावकारी अनुगमन नहुँदा वितरण भएको करोडौं रुपैयाँको कुनै स्थानमा लेखाजोखासम्म छैन।यसै गरि आफ्नै लगानीमा ब्यसाय सन्चालन गर्ने युवालाई प्रोत्साहन स्वरुप राज्यले अनुदान प्रदान गरिनुपर्छ।"
यसको रोकथाम तथा वास्तविक उद्यमिलाई अनुदान दिनका लागि अनुगमन गर्ने बलियो संयन्त्र बनाउन जरुरी रहेको उहाँको भनाई छ।