नेपाल तालिम तथा रोजगार ब्यबसायी महासंघका केन्द्रिय सदस्य के सि लाई पित्री शोक

नेपाल तालिम तथा रोजगार ब्यबसायी महासंघका केन्द्रिय सदस्य के सि लाई पित्री शोक

राम बहादुर बिश्वकर्मा
काठमाडौ,नेपाल तालिम तथा रोजगार ब्यबसायी महा संघका केन्द्रिय सदस्य तुफान के सि लाई पितृ शोक परेको छ । 
उहाँका पिता जित बहादुर के. सी ५७ बर्ष को उमेरमा बिहिवार दिउसो काठमाडौंस्थित महेन्द्र नारायण निधि मेमोरियल अस्पताल बसुन्धारामा उपचारका क्रममा निधन भएको थियो । 
कुमाख कलेज अफ म्यानेजमेन्ट टेक्निकल साइन्स दाङ्गका सन्चालक समेत रहेका के सि का बुवा केहि समय देखि हाइपोथोरिक्स सम्बन्धी उपचाररत हुनुहुन्थ्यो । मृतक के सि को  बिहिबार पशुपतिमा अन्त्यष्टि गरिएको छ । के सि का श्रीमती,२ छोरा र १ छोरी छन् । २०२२ जेष्ठ १७ गते कुमाख गाउँपालिका वडा नम्बर ६, सल्यानमा जन्मिएका के सि ले विभिन्न सामाजिक सस्थामा आबद्ध भई सामाजिक सेवामा समेत सक्रिय हुनुहुन्थ्यो ।