प्युठान,प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधि सभा विघटन गरेको विरोधमा प्युठानमा विरोध प्रदर्शन भएको छ।
जनता समाजबादी पाटि नेपाल प्युठानले आइतबार विरोध प्रदर्शन गरेको हो।
प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय अवैधानिक, अलोकतान्त्रिक र निरंकुशता भएको भन्दै जनता समाजबादी प्युठानले बिरोध गरेको हो ।
प्युठान नगरपालिकाको बिजुवार मित्रमणी चोकमा आयोजित बिरोध प्रदर्शनमा बोल्दै जनता समाजबादी पार्टिका केन्द्रिय सदस्य कर्णध्वज के सि ले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भएको बताए। उनले पार्टी भित्रको बिरोधका कारण देशलाई नै बन्दी पारेको भन्दै निर्णय सच्चाउन आग्रह गरे।
के सि ले प्रधानमन्त्री ओलीले सरकारमा रहेकाहरुले गरेको भ्रष्टाचारलाई थेग्न नसकेको कारण र असफलता लुकाउनका लागि लोकतन्त्रलाई नै घाँटी निमोठेको बताए ।
प्रधानमन्त्री ओलीको कदम अलोकतान्त्रिक भएको र लोकतान्त्रिक पद्धति जोगाउनका लागि जनता समाज बादी पार्टिले आन्दोलन गर्न पछि नपर्ने भन्दै उनले संसद बिघटन लोकतन्त्रको सबैभन्दा ठूलो उपहास भएको भन्दै प्रहरी प्रशासनले दमन गरे जनता समाजबादी पार्टी प्रतिकारमा उत्रने समेत चेतावनी दिए।
जनता समाजबादी पार्टी नेपाल प्युठानका अध्यक्ष श्याम गहतराजले प्रतिनिधि सभा बिघटन असंवैधानिक, स्वेच्छाचारी भएको भन्दै सबैका लागि यो निर्णय अस्वीकार्य भएको बताए।
प्रतिक्रिया राख्नुहोस्