टेकबहादुर पुन,दाङ । लमही नगरपालिकाले बुधवार देखि डिजिटल नागरिक वडापत्र सञ्चालनमा ल्याएको छ ।
नगरपालिकाले सञ्चालनमा लिएको डिजिटल वडापत्रमा नगरपालिका सेवा शुल्क र नगरका प्रत्यक शाखाका आधिकारिक ब्यक्तिहरुको जानकारी समाबेस गरिएको लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले जानकारी दिनुभयो ।नागरिकको सहायताका लागि सञ्चालनमा आएको वडापत्रमा नगरका प्रत्यक शाखाहरुको काम कर्तब्यहरु पनि खुलाईएको छ जसले गर्दा सेवाग्राही लाई कामको लागि अलमलमा पर्नुपर्ने बाध्यता हट्ने बिश्वास गरिएको छ । नगरपालिकाको ४ लाख ५० हजार लागतमा अडियो र भिडियो सहितको डिजिटल वडापत्र सञ्चालनमा आएको नगरपालिकाका सुचना अधिकारी नरेन्द्र कुमारले बताउनुभयो । नगरपालिकाले वडापत्र सञ्चालनमा ल्याए सँगै नगरका गतिबिधि पहिले भन्दा प्रभाबकारी हुने दावी गरेको छ ।साईनिक टेक्नोलोजी काठ्माण्डौले डिजिटिल वडापत्र जडान गरेको हो ।
सम्बन्धित खवर
बुद्धभुमीमा अबैध काठ तथा ढुङगा निकासी
लागु औषध रोक्न बालबालिका लागे
जिल्ला भित्र सार्वजनिक यातायात सञ्चालन गर्न दिइने
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्