प्युठानमा होम क्वारेन्टाइनमा बसेका एक जनाको मृत्यु

राम बहादुर बिश्वकर्मा

प्युठान /प्युठानमा होम क्वारेन्टाइनमा बसेका एक जनाको शनिबार बार ज्यान गएको छ ।भारत बाट आई स्थानिय क्वारेन्टाइनको बसाई पछि होम क्वारेन्टाइनमा बसेकि झिमरुक गाउँपालिका वडा नं २ बादिकोट कि ११ वर्षीय बालिकाको ज्यान गएको जिल्ला प्रहरी कार्यलय प्युठानका प्रहरी उपरीक्षक नरेन्द्र कुमार कार्किले जानकारी दिनुभयो । उनी पहिलेदेखि नै मृगौला ,मुटु रोग र ब्लोड क्यान्सरको बिरामी रहेकि र १७ दिन पहिले भारतबाट उपचार गराई आएकाले उनलाई होम क्वारेन्टाइनमा राखिएको ४ दिन पछि मृत्यु भएपनी उनमा आरडीटी जाँच गर्दा नेगेटिभ आएको र उनको स्वाब सङ्कलन गरीकोरोना परिक्षण गरिने झिमरुक गाउँपालिकाका स्वास्थ्य प्रमुख बिकास के सि ले बताउनुभयो ।