थप २ जनामा कोरोना पुष्टि, प्युठानमा संक्रमितको संख्या २४ पुग्यो

थप २ जनामा कोरोना पुष्टि, प्युठानमा संक्रमितको संख्या २४ पुग्यो


राम बहादुर बिश्वकर्मा,प्युठान । प्युठानमा थप दुई जनामा कोरोना पुष्टि भएको छ।
जिल्लाको माण्डबी गाउँपालिका ३ मा रहेको बगेश्वरी माध्यमिक विद्यालय तिघ्राको क्वारेन्टाइनमा रहेका ती २ जनामा कोरोना पुष्टि भएको हो । प्रादेशिक जनस्वास्थ्य अस्पताल भैरहवामा पठाइएको स्वाव परिक्षणको क्रममा शुक्रवार २ जनामा कोरोना पोजेटिभ देखिएको माण्डबी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ध्रुव कुमार पोख्रेलले जानकारी दिनुभयो । पोख्रेलका अनुसार कोरोना पुष्टि भएका उनिहरु ३६ र ४८ वर्षका पुरुष हुन् । उनीहरु भारतको नयाँ दिल्लिबाट आएर गत जेठ १० गते क्वारेन्टाइनमा आएर बसेका थिए। यसअघि सो क्वारेन्टाइनमा बसेका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यससँगै माण्डबी गाउँपालिकामा कोरोना संक्रमितको संख्या १० पुगेको छ ।

उनीहरुलाई अहिले माण्डबि गाउँपालिका ३ मा रहेको कृष्ण आधारभुत बिध्यालय मार्सिबाङमा राखिएको छ । हाल सम्म जिल्लामा जम्माजम्मी कोरोना संक्रमितको संख्या २४ पुगेको छ।